• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
पत्रपत्रिका

चितवनमा २ सय ९१ बलात्कारका घटना

चितवन । विगत १० वर्षको अवधिमा चितवनमा दुई सय ९१ जना बलात्कृत भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आव २०६६-६७ देखि आव २०७५-७६ को वैशाख मसान्तसम्ममा जिल्लामा बलात्कारका दुई सय ९१ वटा घटना प्रहरीमा दर्ता भएका छन् । सो अवधिमा एक वर्षमा बढीमा ५५ वटा र कम्तीमा १४ वटा जबर्जस्ती करणीका घटना दर्ता भएका छन् भने करणी उद्योगमा भने १० वर्षमा एक सय २२ वटा घटना प्रहरीमा दर्ता भएको छ।

 

एक वर्षमा कम्तीमा एकदेखि बढीमा २५ वटासम्म करणीका प्रयास भएको उजुरी परेको पाइन्छ। चालु आवको १० महिनामा जिल्लामा करणीका ४४ वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। वैशाख मसान्तसम्मको यो अवधिमा जबर्जस्ती करणी उद्योगका नौवटा घटना प्रहरीमा दर्ता भएका छन्। गत आवमा जबर्जस्ती करणीका ५५ घटना भएका थिए। जुन पछिल्लो १० वर्षको अवधिमा भएका घटनामध्ये सबैभन्दा बढी घटना भएको वर्ष हो।

 

सो अवधिमा जिल्लामा जबर्जस्ती करणी उद्योगका २३ वटा घटना भएको प्रवक्ता रेग्मीले जानकारी दिए। आव २०७३र७४ मा भने जबर्जस्ती करणीका २९ र जबर्जस्ती करणी उद्योगका २५ घटना प्रहरीमा दर्ता भएका थिए। आव २०६६÷६७ मा भने १४ वटा बलात्कारका घटना मात्र प्रहरीमा दर्ता भएका थिए। प्रहरीमा दर्ता भएका सबैजसो मुद्दा फछ्र्योट भएका छन्। चालु आवमा ४४ वटा जबर्जस्ती करणीका घटना दर्ता भएकामा ४० वटा फछ्र्योट भइसकेको प्रहरी कार्यालयले जनाएको छ।

 

१२ वर्षीया बालिका बलात्कार गरी फरार रहेका गोपाल भन्ने सुभाष परियारलाई पक्राउ प्रहरीले गरेको छ। भरतपुर महानगरपालिका–१६ बस्ने परियारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो। उनले गत चैत ३० गते बेलुकी नौ बजे बालिका बलात्कार गरेको जाहेरी दरखास्त प्रहरीमा परेको थियो। उनले बालिकालाई घरमा बोलाएर कोठाको चुकुल लगाई करणी गरेको खुलेको प्रवक्ता रेग्मीले बताए। घटनापछि फरार परियारलाई पक्राउ गरिएको र थप अनुसन्धान अगाडि बढ्ने उनले जानकारी दिए। नागरिक दैनिक 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार