• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
बिश्व

जितपछि मोदीले धन्यवाद दिँदै के भने

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई थप पाँच वर्षको कार्यकालका निम्ति ुऐतिहासिक जनादेशु दिएको प्रति भारतीय जनतालाई धन्यवाद भनेका छन्। बिहीवार साँझ दिल्लीस्थित पार्टी मुख्यालयमा प्रवेश गर्दा उनलाई समर्थकहरूले गुलाफको फूल वर्षाएर स्वागत गरेका थिए।

 

'हामी सबै एक नयाँ भारत चाहन्छौँ। म नतमस्तक भइ धन्यवाद भन्न चाहन्छु,' भारतीय जनता पार्टी (भाजपा) का समर्थकहरूलाई सम्बोधन गर्दै उनले भने।

 

'आउने दिनहरूमा म खराब मनसाय वा खराब नियतले कुनै काम गर्ने छैन। काम गर्दैगर्दा गल्ती पनि हुन सक्छ। तर खराब नियतले केही गर्ने छैन। तपाईँहरूले ममाथि यत्रो भरोसा जनाउनुभएको छ, म आफ्नो लागि केही गर्ने छैन।'

 

मतगणना हुँदै गर्दा लोकसभाको ५४३ सीटमध्ये भाजपाले करिब ३०० सीट जित्ने प्रक्षेपण गरिएको छ। उसको गठबन्धनले ३४० भन्दा धेरै सीट जित्न सक्छ। सो दलले सन् २०१४ को निर्वाचनमा भन्दा धेरै मत प्राप्त गर्ने जित्ने देखिएको छ।

 

चुनावी हिसाब
कुनै पनि दल वा गठबन्धनलाई लोकसभामा बहुमत प्राप्त गर्न कम्तीमा २७२ सीट चाहिन्छ। सन् २०१४ मा भाजपा एक्लैले २८२ सिट जितेको थियो जुन पछिल्लो तीन दशकमा कुनै पनि राजनीतिक दलले प्राप्त गरेको सबैभन्दा ठूलो जित थियो।

 

उक्त चुनावमा भाजपाको गठबन्धनले संसदमा कुल ३३६ सिट ओगट्न सफल भएको थियो। सन् २०१४ को चुनावमा कंग्रेसले ४४ सीट जितेको थियो भने उसको गठबन्धन सहित जम्मा जम्मी ६० सीट पुगेको थियो।

 

हालको चुनावमा भाजपाले निकै महत्त्वपूर्ण मानिने उत्तर प्रदेश प्रान्तमा समेत पचास प्रतिशत सीट जित्ने आकलन गरिएको छ। ८० सिट भएको उक्त प्रान्तमा दुई वटा क्षेत्रीय दलहरू मिलेर भाजपा विरूद्ध उभिएका थिए।

 

त्यस्तै पश्चिम बङ्गालमा पनि भाजपाले निकै राम्रो प्रदर्शन गरेको छ। भारतका पाँच मध्येका चार दक्षिणी प्रान्त-आन्ध्र प्रदेश, तेलंगना, तमिलनाडु र केरलामा भने भाजपाको प्रदर्शन राम्रो हुन सकेन। बीबीसी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार