• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

पूर्ण नतिजा नआउँदै भारतीय प्रधानमन्त्री मोदीलाई ओलीले दिए बधाई

काठमाडौं । भारतीय लोकसभा चुनाव २०१९ को मतगणना जारी छ । भारतीय लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले  लिड गर्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।

 

मतगणना जारी रहेकै बेला प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै  प्रधानमन्त्री मोदीलाई बधाई दिएका छन । 

 

भारतीय सञ्चार माध्यमहरुले भाजपा गठबन्धन (एनडीए) ले ३०० भन्दा बढी स्थानमा अग्रता कायम गरिरहेको जानकारी दिएका छन् ।

 

भाजपाले कमजोर प्रदर्शन गर्ने अपेक्षा गरिएका उत्तर प्रदेश, मध्यप्रदेश, राजस्थान जस्ता केही राज्यमा पनि भाजपाले नै अग्रता कायम गरेको छ । भाजपाले पश्चिम बंगालमा व्यापक सुधार गर्ने अपेक्षा गरिएको छ ।

 

भाजपाले बहुमत ल्याएमा प्रधानमन्त्री नरेन्द्र मोदी नै देशको भावी प्रधानमन्त्री हुने निश्चित भइसकेको छ । 

 

चुनावी मतपरिणामअनुसार बीजेपी एक्लैले भारतमा नयाँ सरकार बनाउने देखिएको छ ।

 

यस पटकको लोकसभाको चुनाव गत अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा सम्पन्न भएको थियो ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार