• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

पाँचथर सामुहिक हत्याकाण्ड :सुक्ष्म छानबिन गर्न सांसदहरुले गरे आग्रह

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले पाँचथरमा भएको सामूहिक हत्याकाण्डको सुक्ष्म रुपमा छानबिन भइरहेको र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही हुने बताएका छन ।


 राष्ट्रियसभाको आजको बैठकमा यही जेठ ६ गते पाँचथरको आरुबोटमा भएको हृदयविदारक हत्याकाण्डको विषयमा जानकारी दिँदै  घटना प्रारम्भिक रुपमा पारिवारिक बेमेलका कारण भएको देखिएको बताए ।
 उनले उक्त  हत्याकाण्डको छानबिनमा सहयोग गर्न स्थानीयवासी, सांसद, राजनीतिक दल  सबैलाई आग्रह गरेका छन ।


भविष्यमा यस्ता घट्न नदिन गृह मन्त्रालयले आवश्यक सतर्कता अपनाएको भन्दै गृहमन्त्रीले नागरिक प्रहरी सम्बन्ध सुधार गरी अपराधलाई कम गर्न नागरिक प्रहरी साझेदारी कार्यक्रम अगाडि बढाइएको बताएका छन  ।

 

गृहमन्त्रीको भनाइलगत्तै सांसदहरु अनिता देवकोटा, जितेन्द्रनारायण देव, रमेशजङ्ग रायमाझी, रामप्रीत पासवान, विमला राई पौडेल र प्रकाश पन्थले घटनाको मसिनो गरी अध्ययन गर्न तथा पारिवारिक कलह मात्रै भनेर नलिन आग्रह समेत गरेका छन ।

 

 राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले खेती लगाउने समयमा देशव्यापी रुपमा नै रासायनिक मलको अभाव भएको भन्दै सदन र सरकारको समेत ध्यानाकर्षण गराएका छन ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार