हत्या भएको घर छेउमै झुण्डिएको अवस्थामा शव फेला, हत्यारा भएको आशंका
काठमाडौं । आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको स्थान नजिकै एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार शव मानबहादुर माखिमको बताइएको छ । हत्यामा माखिमकै संलग्नता हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
जिल्लाको मिक्लाजुङ गाउँपालिकाको आरुबोटे भन्ने स्थानमा गएराति दुई परिवारका ९ जनाको हत्या भएको हो । १ बालिका घाइते छिन् । दुई परिवार आफन्त भएको बताइएको छ ।
हत्या हुनेमा ७४ वर्षीय बमबहादुर फियाक, ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा,६ वर्षीया इक्सा शेर्मा, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।
प्रदेश नम्बर एक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले पाँचथरको चारैतिर नाकामा चेकजाँच कडा पारिएको र तीन सय बढी प्रहरी परिचालन गरिएको जानकारी दिएका छन ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस