• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
स्वास्थ्य

सुत्केरी समयमा कठिन काम नगर्न चिकित्सकको सुझाव

गुल्मी । गुल्मीको घुर्कोट गाउँपालिकाका महिलाहरुमा पिसावको थैलि तल झर्ने समस्या व्यापक मात्रामा देखिएको छ । सुत्केरी समयमा नै गह्रौंै काम गरेका कारण त्यहाका महिलाहरुमा पिसावको थैलि तल झर्ने समस्या बढी देखिएको चिकित्सकहरुले बताएका छन् ।

 

 गाउँपालीकाको आग्रहमा नेपाल मेडिकल कलेजबाट बिशेषज्ञ चिकित्सक सहितको टोलीले सो ठाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
 बरिष्ठ स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा भोला रिजालले धेरै महिलाहरुमा पिसावको थैलि तल झर्ने समस्या भएको बताए ।

 

 पानी लिन निकै टाडा जानुपर्ने बाध्यताले गर्दा त्यहाका महिलाहरु सुत्केरी अवस्थामानै भारी बोक्ने भएकाले पनि स्वास्थ्यमा बढी समस्या देखिएको डा. रिजालले बताए ।

 

 डा रिजालको नेतृत्वमा मेडिसिन, सर्जरी, स्त्री तथा प्रसुती रोग, अर्थोपेडिक्स, जनरल हेल्थ चेकअप, अल्ट्रासाउण्ड सहितको सेवा प्रवाह भएको थियो । जेठ तीन गते एक दिने शिविरमा सात सय जनाले प्रत्यक्ष रुपमा सेवा लिएका थिए । डा. रिजालका अनुसार एक सय ५० जना महिलाले प्रसुती सेवा लिएका थिए । शिविरमा चार  माइनर अपरेशन भएको थियो ।


 उनका अनुसार एक सय जनाको अल्ट्रासाउण्ड गरिएको थियो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार केही महिलाहरुमा पिसाव चुहिने समस्या पनि देखिएको थियो । अझै पनि त्यहाका महिलाहरु सुत्केरी हुन स्वास्थ्य सस्थामा जाने भन्दा पनि घरमै बच्चा जन्माउने गरेको पाईएको छ ।

 डा. रिजालले  यो समस्यालाई सामन्य रुपमा लिए दिर्घकालीन रुपमा थप समस्या देखिन सक्ने पनि बताए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार