• बुधबार ५-४-२०७६/Wednesday 08-21-2019
विचार

हामी कस्तो समाज निर्माणमा उन्मुख हुँदैछौं ?

सबैको अन्तिम चाहना वा लक्ष्य भनेको सुख प्राप्ती नै हो । पौराणिककाल देखी कै स्थापीत हुँदै आएको मान्यता समृद्ध व्यक्ति नै सुखी हुन्छ भन्ने हो । समृद्धिको अर्थ धन सम्पतीको संकलन मात्र हुँदैन । अन्यथा धनी वा सम्पन्न व्यक्ति र परिवार सुखी हुने थिए । त्यसको अर्थ फेरी बिपन्न व्यक्ति चाही सुखी हुन्छ भन्ने त पटक्कै होइन । बिपन्न व्यक्ति वा परिवारको सम्पन्न हुने चाहनाले गर्दा नै परिवार, समाज  तथा मुलुकले उन्नती हासिल गर्ने चाँहि अवश्य पनि हो ।

 

समृद्धि धन तथा सु–संस्कार समिश्रण हो । सु–संस्कार किनेर पाइने बस्तु होइन । यो आचरण हो व्यक्तिको बाच्न तरिका उसले अपनाउने चारित्रिक गुण । यही कारणले गर्दा जसरी सम्पन्न व्यक्ति सु–संस्कार घनिभुत हुन्छ भन्ने छैन । त्यसैगरी बिपन्न व्यक्ति सु–संस्कृत हुँदैन भन्ने छैन । सु–संस्कार देखासिकि गरेर वा सिकाएर सिकेर अपनाउने आचरण चाँही अवश्य हो । हाम्रो परिपेक्ष्यमा भन्ने हो भने बिगतमा हामी बिपन्न थियो । उ आर्थिक रुपले तर संस्कारले घनी थियौं । यस अर्थमा जतिजति आर्थिक सम्पन्ता हासिल गर्न हामी जति सफल हुँदैछौ त्यति–त्यती हाम्रो सु–संस्कारमा राह्स आउन थालेको छ । यो आलेख त्यसको कारण खोज्ने प्रयास हो । 

 

परिदृश्य १ 
गत साता घरबाट गाडी मूल सडकमा निकाल्ने क्रममा सडकको नियम पालना गर्दै गाडी रोके दायाँ बायाँ हेरेर मूलसडक तर्फ मानिस तथा सवारी साधनहरु नआएको देखेपछि अगाडी बढे । सडकपारी रोकिरहेको ‘डुकाटी’ मोटर साइकल (इटाली निर्मित महँगो) ले अप्रत्यासी रुपमा सडक काट्यो । मैले गाडी रोक्न भ्याए नत्र ड्याम्ब । उक्त मोटरसाइकल सवार बिद्यालयको युनिफर्म पहिरिएको युवकले मलाई आमाचकारेर अश्लिल शब्दहरु को प्रहार गर्दै गाली गर्यो । जुन रुपले उसले मोटरसाइकल अकास्मात सडक काटेर अघि आइपरेको थियो त्यो कुनै पनि सडक नियम बिरुद्धको कार्य थियो । त्यसकारण यदी गाली गर्नु पर्ने नै थियो भने त्यो मैले गर्नुपर्ने थियो । उल्टो नातीको उमेरको स्कुले बिद्यार्थीबाट अश्लिल शब्दमा गाली खाँदा म अचम्मित भए । ‘आजकल बोल्नु हुँदैन’ भन्ने भनाइलाई मनमा सम्झदै बाटो लागे ।      

 

परिदृश्य २ 
केही हप्ता पुर्व हरिसिद्धिको अफ्ट्यारो कुनामा एउटा निजी गाडि छड्के अवस्थामा रोकिएको थियो । दुई गाडिलाई आवतजावत गर्न कठिन उक्त सातदोबाटो-गोदावरी सडक खण्डमा तेर्सिएको गाडीले बाटो अबरुद्ध गर्ने निश्चित थियो । उक्त गाडीको टायर पंचर भएको रहेछ । ओरालोमा स्थान भएको हुनाले सहजै उक्त गाडीलाई धकेलेर छेउ लगाउन सहज थियो । चालकलाई त्यसको आवश्यक्ता महशुस भएन तिनले जग लगाएर ‘स्पर टायर’ फेर्नु उचित ठाने । आफ्नो कार्यले सडक अवरुद्ध हुन्छ भन्ने बारे चालक सायद नतमस्तक थिए । गोदावरी तथा सातदोबाटो तर्फबाट सवारी साधनहरु को घुईचो बढ्न थाल्यो । लाम लागेर रोकिएको अनदेखा गरेर दुबैतर्फबाट केही सेता, हरिया, राता तथा कालो नंबरप्लेट भएका सवारी साधनहरु दुबै दिशातर्फबाट रोकिएका अन्य साधनहरुलाई बेवास्ता गर्दै अघि बढे । उनीहरुलाई अरुले लामलागे जस्तै गरेर लाइन लाग्दा सायद अपमानको अनुभुती हुने थियो । त्यस पश्चातको अवस्थाको वर्णन आवश्यक छैन ।
 

 

परिदृश्य ३ 
निलो युनिफर्म लगाएका ट्राफिक प्रहरीहरुबीच बाटोमा सवारी साधन रोकेर चालकको सवारी साधन अनुमतीपत्र तथा बिलबुक जाच्ने दृश्य जताततै देखिन्छ । सवारी चालकले बिना लाइसेन्स सवारी साधन चलाउनु अपराध हो । झन मादकपर्दाथ सेवन गरेर चलाएका रहेछन् भने तिनीहरु सजायको भागिदारी हुने प्रथाले दुर्घटनालाई न्युनिकरण तथा राजस्व संकलनका निमित्त केही सहयोग गरेको छ । त्यसैगरी बढ्दो सहरीकरणसंगै अपराधिक गतीबिधीहरु बढ्दै गएको हुनाले प्रहरीले सडकमा चेक गर्नु नितान्त आवश्यक कार्य हो । मैले सवारी जाँच गर्ने प्रहरी अधिकृतलाई ‘साब तपाईहरुले नै सडकको नियम मिचेर ट्राफिक अवरुद्ध गर्नुको साटो चेक गर्ने साधनहरुलाई छेउ लगाएर चेक गर्नुभए ट्राफिक अवरुद्ध हुने थिएन’ भनेर बिनम्रसँग सुझाव दिँदा अक्सर नरम हुने ट्राफिक प्रहरी उत्तेजीत भए । ‘मलाई सडक नियम सिकाउने तपाई को ?’ मलाई रोकेरउनले कागजपत्र जाँच गर्न थाले । कमसल मसीको प्रयोगका कारणले गर्दा हरियो स्टिकरमा मधुरो भएको अक्षर प्रति उनको आखा गढ्यो । त्यसकारण तिनले प्रश्न गर्न थाले । ‘मसीको कैफियतले गर्दा रंग उडेको मैले कुनै गल्ती गरेको छैन’ भनेर आफु दोसको भागी नभएको तर्क प्रस्तुत गर्दै गर्दा अर्का प्रहरी जवानलाई दया लागेछ । ‘छोड दे’ भनेपछि अभिवादन गर्दै म त्यहाँबाट उम्किए ।  

 

माथिका आफुले भोगेका तिन प्रतिनिधी उदाहरणहरुको प्रस्तुतीबाट बिद्यार्थी, मजदुर, महंगा गाडी चालक र मालिक  तथा सडकको नियमपालकले प्रस्तुत गरेको संस्कार उदाङ्ग पर्दछ । नातीको उमेर भएको रवाफिलो मोटरसाइकल सवार बिद्यार्थी परिवार सदस्य हुन् भन्ने प्रष्ट थियो । स्कुल कलेज पढने उक्त बिद्यार्थीले स्कुले जीवन प्रवेश पुर्व आफ्ना अभिभावकहरुबाट कस्तो संस्कार सिके होलान् अथवा देखासिकी गर्ने अवसर पाए होलान् ? आफ्नो बाजेको उमेरको व्यक्तिलाई लाजभाड शब्द बर्षाउने बिद्यार्थीलाई अध्यनरत् तिनको स्कुलले कस्तो संस्कार शिक्षादिक्षा दियो होला ? सवारीसाधन चालकलाई आफुले बाटो अवरुद्ध गर्दा अरुलाई पर्ने समस्याको आंकलन किन गर्न मन लागेन ? गाडीहरु लाईनमा रोकिएको देख्दादेख्दै पुरुर्षाथ गर्न तम्सेर अघि बढ्ने चालकहरु जसमध्य कोही सवारीसाधनका मालिक, कोही सरकारी स्वामित्वका साधन तथा कोही पर्यटक व्यवसायीहरु वा तिनका चालकहरुलाई आफ्नो कार्यले अन्यलाई पर्ने अफ्ठ्यारोको बिषयमा किन चेत भएन ? अनि सडकको नियम पालना होस भनेर खटिएका प्रहरीलाई आफैले सडक अबरुद्ध गर्नु हुँदैन भन्ने सामान्य ज्ञानको खाचो किन पर्दैन ?

 

यदि जटिल उत्तरहरु को खोजतर्फ अग्रसर नहुने हो भने यी तीन कारणहरु हाबी हुन्छ भन्ने निस्कर्ष निकाल्न सकिन्छ (१) अर्कोले गरेको कुकार्यलाई मैले पनि गर्नुहुन्छ भन्ने बुझाइ, (२) गल्ती गर्नेले सजायको भागीदार हुनु नपर्ने दण्डहिन अवस्था तथा (३) सामाजिक अनुशासन हिनता । 


पुन, उल्लेखित आफुले भोगेको तीन प्रतिनिधी घटनातर्फ घोत्तलादा निस्कने निस्कर्ष भनेको बिद्यार्थीले अपनाएको संस्कारले भविष्यको प्रस्तुति गर्दछ । सडकको अवस्था तथा त्यहाँ हुने बस्त्रबिहीन बल मिचाईले समाजमा फैलिएको शक्तिशालीहरु हाबी हुने प्रथा । समाजलाई  अनुशासित तुल्याउने निकायको अनभिज्ञता तथा अहंकार । बिधमान अवस्थामा सु–संस्कृतिको हल्लिएको जगलाई रेट्रोफिट गर्ने तर्फ मुलुक अग्रसर भएन भने भोलीका दिनमा हामीले भोग्नु पर्ने समस्याहरुको कल्पना गर्न किमार्थ कठिनाई छैन।  

 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार