• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

तनहुँको ढोरफिर्दीमा एनसीसीको नयाँ  शाखा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी) ले तनहुँ जिल्लाको शुक्ला गण्डकी नगरपालिका, ढोरफिर्दीमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

 

ढोरफिर्दीमा शाखा कार्यालय विस्तार गरे संगै बैंकको देशभर शाखा संख्या १२५ पुगेको छ ।

 

ढोरफिर्दी र आसपासका क्षेत्रमा सेवा पुर्याउने उद्धेश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार