• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा नेपाल पाँचौँ स्‍थानमा

काठमाडौं । अस्ट्रेलियामा जारी १८ औं विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा नेपालले पाँचौं स्थान हात पारेको छ ।

 

नेपालकी पुरुष टिमले स्प्रिन्ट स्पर्धामा पाँचाौं स्थान हासिल गरेको हो । सुरज गुरुङको कप्तानीमा उत्रिएको नेपाली टिमले वर्षात्‌बीच २४७.७८ सेकेन्डमा दूरी स्प्रिन्ट पूरा गर्दै पाँचौँ स्थान हासिल गरेको हो। विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा नेपालले प्राप्त गरेको यो नतिजा अहिलेसम्मकै सर्वाधिक राम्रो हो।

 

च्याम्पियनसिपमा ब्राजिलले स्वर्ण जित्दा जापानले रजत र रुसले कांस्य जित्न सफल भयो । सुरज सहित शक्तिकुमार गुरुङ, पदम बहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ, रविल मियाँ र वैकल्पिक खेलाडी सुनिल गुरुङ रहेको नेपाली टिमले हेड टु हेडमा शुक्रबार चीनविरुद्ध प्रतिस्पर्धा गर्नेछ । पहिलो खेल जितेमा नेपालको क्वाटरफाइनल भेट ब्राजिलसँग हुनेछ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार