• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
डबली

'हामी कवि र कविता' मा सुनिए प्रतीक र सायन

काठमाडौं । 'हामी कवि र कविता' को ६८औं शृंखलामा विप्लव प्रतीक र रमेश सायनले आफ्ना कविता सुनाएका छन्। सर्वनाम थिएटरमा हरेक महिनाको पहिलो दिन झैं यसपटक भने प्रतीक र सायनको उपस्थीति देखियो ।

 

हरेक महिना केही नयाँ कविता सुनौँ भन्ने मुख्य उद्देश्य सर्वनाम थियटर र श्री लुङकरणदास-गङ्गादेवि चौधरी साहित्यकला मन्दिर संयुक्त आयोजना भएको कार्यक्रममा मोरङबाट काठमाडौं आइपुगेका सायनले रातभरको यात्रा अनुभूति सुनाउँदै बुख्याचा, परिचय, जागिर, तस्बिरमा उभिएको मान्छे, नाम धनीमाया थारु- वर्ष चौरासी, यथार्थ,  हिउँदको लामो रात लगायत कविता सुनाएका थिए । अधिकांश कविताको रचना गर्भबारे उनले संक्षिप्त व्याख्या समेत गरेका थिए।

 

यस्तै कवि  विप्लव प्रतीक सर्जकले लोभ, मोह त्यागेर निष्पक्ष भएर रचना गर्न सक्यो भने मात्रै त्यो कृतिको अर्थ रहने बताउँदै प्रस्तुत भएका उनले मेरो खुल्दुली, जेब्रा क्रसमा एउटा कुकुर, हामी बाँचेको युग, छुट्नु अघि, बा, काल, आरनमा तिमी र म, नहारेको मान्छे लगायतका कविता वाचन गरेका थिए। 

 

अन्तमा उनले मलाई मन छ म भएको कसैलाई थाहा नहोस् ।  मलाई मन छ म गएको पनि कसैलाई थाहा नहोस् भन्ने कविता अंश सुनाउँदै मञ्‍चबाट बिदा भए।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार