• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
खेलकुद

क्यारेबियन प्रिमियर लिग (सीपीएल) ड्राफ्टमा चार नेपाली खेलाडी

काठमाडौं । वेष्ट इन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटको खेलाडी सूचीमा नेपालका चार खेलाडी परेका छन् ।

 

हिजो सार्वजनिक गरिएको ड्राफ्टमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने, अलराउण्डर दिपेन्द्र सिंह ऐरी,  बलर सोमपाल कामी र रोहित कुमार पौडेल परेका हुन् । सन्दीपले गत सिजन सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट सीपीएल खेलेका थिए ।  

 

सन्दीपले ५ खेल खेल्दै ७ विकेट लिएका थिए । सीपीएलको ड्राफ्ट आगामी मे २२ मा लण्डनमा सार्वजनिक गरिनेछ । यस पटकको ड्राफ्टमा सम्रगमा २० देशबाट कीर्तिमानी ५  सय ३६ विदेशी खेलाडीले स्थान बनाएका छन् ।  यस संस्करणको सीपीएल क्रिकेट आगामी जुलाई ११ देखि अगष्ट १६ सम्म वेस्ट इन्डिजमा हुनेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार