• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड प्रहार 

सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंको कालोपुलमा एक युवतिमाथि एसिड प्रहार भएको छ। एसिड प्रहारबाट २० वर्षीय जेनी खड्का गम्भीर घाइते भएकी छन्।

 

बुधबार राति कालोपुल नजिकै डेरा गरी बस्‍ने दोलखाकी २० वर्षीय जेनी खड्कामाथि एसिड प्रहार भएको प्रहरीले जनाएको छ । एसिड प्रहारबाट युवतीको अनुहार र शरीरका केही भाग जलेको जनाइएको छ । प्रहरीका अनुसार एसिड आक्रमणपछि घाइते भएकी युवतीको उपचार चावहिलस्थित ओम अस्पतालमा भइरहेको छ ।

 

एसिड प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ । एसिड कसले र किन प्रहार गर्यो भन्ने नखुलेको प्रहरी जनाएको छ । प्रहरीले आक्रमणकारीको खोजी भइरहको जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार