• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

नेपथ्यको  ‘नासै छ्याँबा’ अब म्युजिक भिडियोमा

काठमाडौं । ‘नासै छ्याँबा  मनो ह्योल’ अर्थात् ‘गाउँहरु मध्येमा मनाङको गाउँ राम्रो’। अनि चेलीबेटीहरुलाई सम्बोधन गर्दै अर्को लाइन जोडिन्छ ‘हो रिमै जो’ । गुरुङ भाषाको यो पहिलो अन्तरासँगै सुरु हुने नेपथ्यको चर्चित गीत ‘नासै छ्याँबा’ अब म्यूजिक भिडियो बनाइएको छ ।

 

ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ सन् २००४ ताका ट्रेकिङ गर्दै थोराङ पास नाघ्ने बेला मनाङकै परिवेशमा बसेर रचना गरिएको यो गीतको म्यूजिक भिडियोमा देख्‍न पाइने भएको हो । यसको रेकर्ड भने सन् २००८ मा ‘ऐनाझ्याल’ एल्बमका निम्ति तयार गरिएको थियो ।

 

पदयात्रीहरुका निम्ति प्रसिद्ध यो मार्ग लमजुङबाट सुरू भएर मनाङ हुँदै थोराङ ला नाघेपछि मुस्ताङ पुग्छ । बाटैमा मुक्तिनाथ पनि पर्छ । स्थानीयहरुका निम्ति भने यही मार्गले साँस्कृतिक सामाजिक महत्व पनि समेटेको छ । मनसुनको बेला लमजुङ र कास्कीका मानिस मनाङ हुँदै मुस्ताङसम्म पुग्छन् ।

 

बाटोमा मुक्तिनाथ दर्शन गर्छन् । त्यसैगरी जाडोमा मुस्ताङ र मनाङका मानिस लमजुङ आउँछन् । यसरी ओहोर दोहोर गर्नेहरुको भावनालाई आधार बनाएरै यो गीत लेखिएको ब्यान्डले जनाएको छ ।

 

गीतमा उधौली उभौलीको कुरा पनि छ । त्यसलाई अर्को अन्तराले भन्छ :

‘बैसाख पूर्णे उभौली लाग्यो हिमाल काट्यो चरीले

चकितै पारि लाएको माया सम्झ्यो कि पापीले

मायाको याद मिठो

उजेलो उजेलो’

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार