• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
बिश्व

 कुमुकु जङ्गलको हवाई आक्रमणमा १२ को मृत्यु

नाइजेरिया । नाइजेरियाको सरकारी सुरक्षाकर्मीहरूले गरेको हवाई आक्रमणमा परी कम्तीमा १२ जना मारिएका छन् ।

 

देशको कदुना राज्यअन्तर्गत पर्ने कुमुकु जङ्गलमा भएको आक्रमणमा उनीहरू मारिएको सैन्य स्रोतले बुधबार जनाएको छ ।

 

नाइजेरियाली हवाई सेनाका प्रवक्ता इबिकुन्ले डारामोलाले दिएको जानकारीअनुसार उनीहरूले अपहरणमा परेका १५ जनालाई अपहरणमुक्त गर्न  सहयोग गरेका छन् ।

 

मारिनेहरू आपराधिक समूहका व्यक्तिहरू भएको सरकारी सैन्य अधिकारीहरूले दाबी गरेको समाचारमा जनाइएको छ । सिन्ह्वा

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार