• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

उद्योगमन्त्री  र कर्मचारी नेताबीच मन्त्रालय मै कुटाकुट

तस्वीर : मातृका यादवको सचिवालयबाट

काठमाडौं । बुधबार अपरान्ह सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र कर्मचारीका नेताहश्रबीच मन्त्रालयमा हात हालाहाल भएको छ ।

 

मन्त्रीका निजी सचिव प्रेम आचार्यले घुस खाएर सरुवा गराएको भन्दै कर्मचारीहरुले होहल्ला गरेपछि मन्त्री यादवले नै होहल्ला गर्ने कर्मचारीको कठालो समाएका थिए । यतीसम्म कि मन्त्री यादव र कांग्रेस निकट कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी हात हालाहालको अवस्थामा पुगेका थिए ।

 

मन्त्रालयका उपसचिव शोभाकर रेग्मीलाई उद्योग विभाग नपठाएपछि घुस लिएर विनोद खड्कालाई उता पठाइएको भन्दै कर्मचारी संगठन विरोधका लागि मन्त्रीको कार्यकक्षसम्म पुगेको थियो । यसैबिच  दुबै पक्षबीच भनाभन सुरु भयो। मन्त्री पनि भनाभन भएको स्थानमा नै पुगे। केही छिनमै दुबैपक्षबीच हात हालाहाल भएको हो। 

 

कर्मचारी नेताको समूहले स्वकीय सचिव आचार्यले घुस लिएर खड्कालाई विभागमा पठाएको आरोप लगाएको छ। मन्त्री माथि नै हातहालाहाल भएपछि प्रहरी नै बोलाउनु परेको थियो । उद्योगमन्त्रीको कार्यकक्षमै मन्त्रीमाथि हात हालाहाल प्रयास भएपछि कर्मचारीबिच नै के गर्ने कसो गर्ने भनेर भागदौड मच्चिएको थियो ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार