• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

एएफसी कप : पन्जावसँग मनाङको बराबरी

काठमाडौं । एएफसी कप फुटबल अन्तर्गत चौथो चरणको खेलमा घरेलु टोली मनाङ–मस्र्याङ्दी क्लबले भारतीय आई लिग च्याम्पियन मिनर्वा पन्जावसँग बराबरीमा खेल टुंग्याएका छन् । बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङले १० खेलाडीमा सीमित पञ्जावसँग १–१ गोलको बराबरी खेलेको हो।

 

बराबरीसँगै दुवै टोलीले समूहमा जित निकाल्न सकेनन् । मनाङले भने चौथो खेल सकिदा पनि जित निकाल्न सकेको छैन । यी दुई टोलीले अघिल्लो खेलमा २–२ गोलको बराबरी खेलेको थियो ।

 

खेलको पहिलो हाफमा मोईरङ्गथेम थोइवा सिंहले गोल गर्दै  सुरुवाती अग्रता दिलाएका थिए । उनले ३९ औं मिनेटमा रोबर्ट अल्फ्रेडको क्रसमा गोलरक्षकले क्लियर गरेको बललाई बक्सभित्रैबाट गोल गरेका थिए ।त्यस्तै खोलको ८ औं मिनेटमा पञ्जावका स्यामुयल लामुमाउपुइयाको प्रहार बारमा लागेको थियो। त्यसको १३ मिनेटमा थोइबा सिंहले डिबक्स भित्रबाट गोल गरेका थिए जसको कारण  पञ्जावले अग्रता लिने अवसर गुमाएको थियो। 

 

५४औं मिनेटमा अभिषेक रिजालको क्रसमा अन्जन विष्टको  हेडलाई पन्जावका गोलरक्षक अर्सदिप सिंहले मुश्किलले बचाउँन खोज्दा मनाङ बराबरीबाट चुकेको थियो । ६१औं मिनेटमा हेमन गुरुङको कर्नरमा अजिज सहिदको हेड पोस्टबाट थोरै बाहिरिएको थियो ।

 

८१औं मिनेटमा मनाङले बराबरी गोल फर्कायो । मनाङका डिफेन्डर साहिद अजिजले हेडमार्फत बराबरी गोल गरेका थिए । उनले अन्जन विष्टको पासलाई सदुपयोग गरेका थिए ।

 

८९औं मिनेटमा पन्जावले गोल गरेपनि रेफ्रीले अफसाइडको इसारा गरिदिए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा एडिलाजाको क्रसमा बिमल रानाले अफसाइड भनेको छाडेको बललाई आफिज ओलावालेले प्रहार गरेपनि गोलरक्षकले बचाए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल १–१ गोलको बराबरीमा सकिएको थियो । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार