• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
देश/प्रदेश

फ्रेसन्युज नेपाल डटकम दोस्रो वर्षमा प्रवेश, जिम्मेवार ढंगले अघि बढ्न सुझाव

काठमाडौं । फ्रेसन्युज अफ नेपाल प्रा.लीद्धारा संचालित फ्रेसन्युज नेपाल डटकम दोस्रो वर्षमा प्रवेश गरेको छ ।  बुधबार मैतीदेवी स्थीत आफनै कार्यालयमा आयोजित समारोहमा उपस्थित अतिथिहरुले शुभकामना व्यक्त गरे ।

 

फ्रेसन्युज अफ नेपाल प्रा.ली का प्रबन्ध निर्देशक सुकृत नेपालले अनलाइन संचालन गर्न थुप्रै चुनौतिहरु रहेकाले जिम्मेवार पत्रकारितामा आफ्रुहरु दृढ रहेको बताए । आगामी दिनमा अनलाइनलाई थप सशक्त र प्रभावकारी बनाउँदै चाँडै नै युट्युब च्यानल व्यवसायिक रुपमा संचालन गर्ने जानकारी दिए ।

 

 

त्यस्तै सम्पादक देवी सापकोटाले आफूहरु अनलाइन पत्रकारिता गर्ने लहडमा नभइ जिम्मेवारीका साथ आएको बताइन । उनले आगामी दिनमा फरक र पृथक विषयबस्तुलाई प्राथमिकता दिंदै शसक्त ढंगमा अघि बढ्ने बताइन । 

 

समारोहमा सल्लाहकार तथा बरिष्ठ पत्रकार किशोर नेपालले फ्रेसन्युज नेपाल डटकमले थुप्रै विषयहरुमा सुधार गर्नुपर्ने बताउँदै शुभकामना ब्यक्त गरे ।

 

 

त्यस्तै सल्लाहकार तथा स्तभकार विनोद सिजापतीले फ्रेसन्युज नेपाल डटकम अन्य संचारमाध्यमहरुभन्दा फरक रहेकाले यसले सुरु गरेको रंगमन्च र जीवनको प्रेरणा कोलमलाई शसक्त बनाउन सुझाव दिए । उनले ओझेल परेका विषयबस्तु र समुदायलाई उठान गर्न सुझाव दिएका थिए । 

 

 फ्रेसन्यूज नेपाल डटकम ले एक बर्ष पुरा गरेको अवसरमा विभिन्न ब्यक्तिहरुले  शुभकामना ब्यक्त गरेका छन् ।  

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार