• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

विधेयकहरु फिर्ता नलिए कडा आन्दोलन : नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारले संघीय संसद्मा दर्ता गराएका तीनवटा विधेयक फिर्ता नलिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

 

आज सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले संसद्मा दर्ता गरिएका तीनवटा विधेयकप्रति आपत्ति जनाउँदै अविलम्ब फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको हो । विधेयक नेपालको संविधानको प्रावधान, व्यवस्था तथा भावनाको प्रतिकूल भएको कांग्रेसको ठहर छ ।

 

बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले सदनमा लगेको राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार, मिडिया काउन्सिल र मानव अधिकार आयोगसम्बन्धी विधेयक संविधानको मर्म र भावना विपरीत भएकाले यसले लोकतन्त्रलाई खतरा भएको भन्दै भोलिबाटै दबावमूलक कार्यक्रम गर्ने बताए ।


प्रमुख सचेतक खाँडले सरकारले विधेयकहरू फिर्ता नलिए सदन र सडकबाट प्रतिवाद गर्ने बताए । उनले सरकारले संविधानको व्यवस्था र भावनाको प्रतिकूल हुने गरी विभिन्न विधेयकहरु संघीय संसदमा दर्ता गराएको भन्दै सबै राजनीतिक दललाई एक भएर प्रतिबाद गर्न पनि आह्वान गर्ने निर्णय भएको जानकारी दिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार