• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
विचार

चुनौति र जिम्मेवारी सहितको हाम्रो एक बर्ष

मुलुकमा आएको परिर्वतन र जनतामा आएको राजनीतिक, सामाजिक चेतनाले पछाडी पारिएका वर्गलाई मूलधारमा ल्याउने पहल अझै जारी राख्नुपर्छ भन्ने ध्येयले पाइला अगाडी बढेको छ ।

 

नेपालको पछिल्लो राजनीतिक अवस्थाको एक दशकलाई केलाउने हो भने हामीले कल्पना नै नगरिएका आमूल परिर्वतन भएका छन् । हामी ती परिर्वतनका साक्षी बन्दै रिपोर्टिङमा हिड्यौं । प्रेस स्वतन्त्रतामाथि लाग्ने गरेको अनेकखाले बन्देजहरुको सामना गर्दै अघि बढिरह्यौं । रिर्पाेटिङका सिलसिलामा अवरोध र चुनौतिहरुको सामना गर्दै अघि बढिरहेका छौं र अझै बढ्दै जानेछौं । र नागरिकलाई सुसुचित गर्ने कर्ममा निर्धक्क लागिरहने छौं । यो हाम्रो प्रण हो ।

 

यद्यपी, यतिबेला राज्यका हरेक निकायमा पछाडी पारिएको वर्ग, समुदायका महिलाको अर्थपूर्ण सहभागिता बढेको छ । सबै वर्ग, लिङ्ग, समुदाय र समाजका नागरिकहरुले समान र समावेशी अधिकारको प्रत्याभूति गर्न पाइरहेका छन् भन्ने हाम्रो बुझाइ हो । यसले हामी सकारात्मक बाटोतिर लागेका छौं भन्ने सन्देश प्रवाह भएको छ ।

 

यतिबेला विश्व डिजिटल दुनियाँमा अघि बढेको छ । विश्व इन्टरनेटको माध्यमले साँघुरो बन्दै गएको छ । नेपाल यसबाट अछुतो छैन् । जसको फलस्वरुप अनलाइन पत्रकारिता फस्टाएको छ । छिटो भन्दा छिटो सूचना लिन चाहने नागरिकहरुका निम्ती अनलाइन संचारमाध्यम अपिरिहार्य र अति आवश्यक बनिसकेका छन् । हामी त्यही अनलाइन पत्रकारितामा हाम फालेका छौं र ‘फ्रेसन्यूज नेपाल डटकम’ को जन्म भयो ।

 

विभिन्न सरकारहरुले अनलाइन मिडियालाई नियमन गर्ने वहानामा नियन्त्रण गर्न खोज्ने, कानुनी जटिलताहरु सिर्जना गराएर समस्या निम्ताउने कार्यप्रति भने हामी सजक छौं । र खबरदारी गर्दै स्वतन्त्र प्रेसमाथि हस्तक्षेप अस्विकार गर्दछौं । अनलाइन मिडियाहरुलाई सेवा सुविधाको विस्तार र विज्ञापन वितरण प्रणालीमा एकरुपता ल्याइ सहज रुपमा संचालनको अवसर सिर्जना गर्नु सरकारको अनिवार्य दायित्व पूरा गर्न जोडदार माग पनि गर्दछौं । 

 

पत्रकारिताको धर्म, मर्म र आचारसंहिताको पूर्ण पालना गर्दै हाम्रो आजबाट यात्रा अघि बढेको छ । हाम्रो अबको प्रयासले समाजको चेतना स्तरको बिकास र खबरदारीमा थप पहल गर्न सकिन्छ भन्ने अपेक्षा छ । तपाईका सल्लाह र सुझावलाई आत्मसाथ गर्दै अगाडी बढ्ने छौं । आशा छ आउँदा दिनमा सँधै हामीले तपाईहरुको साथ पाइरहने छौं । तपाईको सल्लाह र मार्ग निर्देशनले नै हामीलाई चुनौतिको सामना गर्न सक्षम बनाउने छ । सम्पादक

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार