• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

‘कलाको ज्ञान नै मेरो लागी सबथोक हो’ 

दिया मास्के, रंगकर्मी 

तपाईसँग सबैभन्दा बहुमुल्य बस्तु के छ ?
मेरो कला, म सँग भएको ज्ञान । 
 

यदी घर छाडेर जानु पर्दा एउटा बस्तु मात्र लिएर जानु परे के लैजानुहुन्छ ?
त्यही हो मेरो कला, मेरो ज्ञान नै लिएर जान्छु । अरु चिजले खासै त्यस्तो काम गर्छ जस्तो लाग्दैन । कला नै मेरो सबथोक हो । 
 

तपाईलाई आफनो सबैभन्दा बढि गर्व लाग्ने बस्तु के हो ? 
अब यसमा घरको कुरा भन्नुपर्दा किताब हो । बाल्यकाल, माइत र घरसम्मको कुरा गर्दा जुन किसिमको संसार छ जुन सिकेर आए म त्यसमा नै बढि गर्व गर्छु । सधै आफुलाई आवश्यक भइरहने र त्यस्तो कुरा जुन आफुलाई चाहिएको बेला पाईयोस् । 
 

घरको कुन कोठामा सबैभन्दा बडि मन पर्ने बस्तुहरु छन् ?
मेरो बेडरूम नै भन्छु किनकी म आफुलाई मन पर्ने कुराहरु बेडरुममा नै राख्छु । 
 

कुन बस्तु किन्दा सबैभन्दा बडि सन्तुष्टि मिल्छ ?
म किताब र नयाँ नयाँ लुगाहरु किन्दा बडि रमाउने गर्छु । 
 

कुन बस्तु बिना तपाई एकछिन बाच्न सक्नुहुन्न ? 
मेरो लागी मोबाइल धेरै प्रिय छ । 


 

तपाईले कहिल्यै आफुले महत्वपुर्ण ठानेको बस्तु चोर्नुभएको छ ?
अहिलेसम्म त्यस्तो काम गरेकी छैन र म जीवनमा यस्तो काम गर्न पनि सक्दिन । 
 

आफना बस्तुसँग तपाईको आत्मियता कत्तिको छ ?
एकदमै छ । म आफनो काम प्रति एकदमै आत्मियता राख्छु । मलाई किताब, आफुले लगाउने लुगाहरुसँग एकदमै आत्मियता छ ।  

तपाईले बाल्यकालमा कुन बस्तुलाई धेरै महत्वपुर्ण ठान्नुभयो ?
बाल्यकालको त खासै सम्झना छैन । हामीलाई हातमा चलाउनका लागि खासै केही बस्तु दिइदैन्थ्यो र त्यसते चिजहरु पनि पाईदैन्थ्यो । यो बस्तु महत्वपुर्ण छ र यसलाई सम्हालेर राख्नुपर्छ भन्ने कुरा पनि कहिले आएन । अर्को कुरा बाल्यकालमा मेरो लागि महत्वपुर्ण भनेको मेरो साथीहरु थिए । 
 

तपाई कस्तो स्वभावको महिला हो ?
म सोझो, खासै धेरै नबोल्ने र अलि रिसाह खालकी छु जस्तो लाग्छ ।  
 

जीवनमा कहिले कोही मन परेको छ ? केटा
अवश्य, अहिले उसँग मेरो बिवाह नै भईसक्यो । 
 

राती घरबाट बाहिर जानुपर्दा कहाँ जानुहुन्छ ?
आफनो घरबाट बाहिर जानुपर्यो भने ममीकोमा जान्छु । ममीको घरबाट जानुपर्यो भने आफनो घर आउँछु । 


 

तपाईको मन पर्ने काम के हो ?
मेरो मन पर्ने काम भनेको नृत्य र अभिनय नै हो । 
 

तपाईको मन पर्ने फेसन शैली कुन हो ?
म क्याज्युलमा आफुलाई जुन सुहाउँछ र जुन राम्रो देखिन्छ त्यहि फेसन शैली रुचाउँछु । 
 

यदी मनमा शंका उब्जिए के गर्नुहुन्छ ?
म खुलेर कुरा गर्छु । मलाई भित्रभित्रै कुराहरु लुकाउन मन लाग्दैन । म आफनो कुरा नजिकको साथीसँग सेयर गरी हाल्छु । मलाई मनमा कुराहरु राखेर बस्न मन पर्दैन । 
 

तपाईलाई कस्तो खालको केटा मन पर्छ ?
यसमा ठ्याक्क मेरो अपोजिट स्वभावको होस् । अलि सरल, जे चिज पनि सोचर बोल्ने खालको केटा मनपर्छ । मलाई शोअफ गर्ने मान्छेहरु मन पर्दैन । गुण चाहि भित्रबाट छैन तर बाहिर चाहि धेरै देखाउने । अब कसैकसैमा आफुले गरेको कामको ज्ञान पनि हुँदैन नी त्यस्तो चाहि होइन तर आफुले गरेको काममा ज्ञान होस् ,कुरा बुझ्ने खालेको होस् । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार