• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
खेलकुद

एन्फाको वरिष्ठ उपाध्यक्षमा नेम्वाङ सर्वसम्मत

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षमा पंकज नेम्वाङ चयन भएका छन् । एन्फा कार्यसमितिको मंगलबार बसेको कार्यसमिति बैठकले नेम्वाङलाई सर्वसम्मत चयन गरेको प्रवक्ता किरण राईले जानकारी दिएका छन् ।

 

नेम्वाङसँगै अर्का उपाध्यक्ष वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका थिए । गत वर्ष वैशाख २२ गते भएको निर्वाचनमा नेम्वाङले उपाध्यक्ष मध्ये सर्वाधिक मत प्राप्त गरेका थिए । नेम्वाङ १७ वर्षदेखि लगातार एन्फा केन्द्रिय समितिमा रहँदै आएका छन् । चार कार्यकाल उनी केन्द्रिय सदस्य रहेका थिए । 

 

एन्फाले नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गरे पनि विवादरहित भने हुन सकेन । नेम्वाङलाई वरिष्ठ उपाध्यक्ष नियुक्त गर्ने भएपछि अर्का आकांक्षी विरबहादुर खड्कासहित दुई केन्द्रिय सदस्य पूर्णमान श्रेष्ठ र रत्न श्रेष्ठले बैठक बहिस्कार गरेका थिए । यस्तै उनले पारित गरेको नयाँ विधान वैधानिक नभएको भन्दै आपत्ती जनाएका छन् ।

 

गत साउन २९ गते चितवनमा बसेको विशेष साधारण सभाले विधान परिमार्जन गरेर पारित गरेको थियो । उपाध्यक्ष खड्काले लामो समय बित्दापनि विधानमा राष्ट्रिय खेलकुद परिषदको छाप नरहेकाले वैधानिक नमान्ने बताए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार