• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

तीन खेलाडीले बाँडे एउटै गोल्डेन बुट 

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलको गोल्डेन बुट अवार्ड तीन खेलाडीलाई संयुक्त रूपमा प्रदान गरिएको छ । गोल्डेन बुट अवार्ड लिभरपुलका मोहमद सलाह, साडियो माने र आर्सनलका पिर्रे एम्रिक आबुमियाङलाई संयुक्त रुपमा प्रदान गरिएको हो ।

 

तीनै खेलाडीले लिगमा समान २२ गोल गरेका छन् । आबुमियाङ र मानेले आइतबार भएको अन्तिम खेलमा दुई गोल गरेका थिए । अघिल्लो सिजन गोल्डेन बुट जितेका सलाहले यो सिजन पनि जित्न सफल भएका थिए । त्यसैले तीनै खेलाडीलाई गोल्डेन बुट अवार्ड प्रदान गरिएको हो । अघिल्लो संस्करणमा मोहमद सलाह एक्लैले गोल्डेन बुट अवार्ड जितेका थिए ।

 

यसैगरी प्रिमियर लिगको गोल्डेन ग्लोभ्स अवार्ड लिभरपुलका गोलरक्षक एलिसन बेकरले हात पारेका छन् । आइतबार भएको लिगको अन्तिम खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई उसैको मैदानमा ४–१ गोलले हराउँदै लिग च्याम्पियन बनेको थियो ।

 

उपाधि दौडमा रहेका सिटी र लिभरपुलले अन्तिम खेल जितेपछि सिटी पहिलो र लिभरपुल दोस्रो भएको हो । सिटीले ३८ खेलबाट ९८ अंक बनायो । लिभरपुलले ९७ अंक बनाउन सफल भयो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार