• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
बिश्व

अमेरिकी कलाकार डोरिस डेको निधन

लस एन्जलस  । प्रसिद्ध अमेरिकी कलाकार डोरिस डेको ९७ वर्षको उमेरमा निधन भएको छ।

 

उनले स्थापना गरेको प्रतिष्ठानले जारी गरेको विज्ञप्तिअनुसार क्यालिफोर्नियास्थित आफ्नै निवासमा डोरिसको निधन भएको हो। डोरिस डे एनिमल फाउन्डेसन स्थापना गरेकी डोरिसलाई पछिल्लो समय न्युमोनियाको सङ्क्रमण देखिएको थियो। उनी जीवजन्तुको अधिकारका क्षेत्रमा पनि चर्चित थिइन्।

 

आफ्नो करिअरको उच्च स्थितिमा रहँदा उनी हलिउडकी सर्वाधिक चर्चित नायिका थिइन्। उनले धेरैवटा प्रतिष्ठित पुरस्कार समेत जितेकी थिइन्।

 

डोरिसले सन् १९४८ देखि १९६८ सम्म झन्डै ४० वटा फिल्ममा अभिनय गरेकी थिइन्।एएफपी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार