• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
खेलकुद

आईपीएल २०१९ : चेन्नईलाई १ रनले हराउँदै मुम्बई च्याम्पियन

एजेन्सी । इन्डियन प्रिमियर लिग ९आईपीएल० को उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार अन्तिम बलसम्म पुगेको खेलमा चेन्नई सुपर किंग्सलाई १ रनले पराजित गर्दै मुम्बईले चौथो आईपीएल उपाधि जितेको हो ।

 

रजस्थानको राजिब गान्धी क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्यटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन पुरा गरेको थियो ।अन्तिम ओभरमा चेन्नईलाई जितका लागि ९ रन चाहिएको थियो। सो ओभरमा मुम्बईका बलर लासिथ मालिङ्गाले पहिलो ३ बलमा ४ रन खर्चिए। चौथो बलमा ८० रन बनाएर खेलिरहेका सेन वाट्सन रनआउट भएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो। पाँचौ बलमा चेन्नईका शार्दुल ठाकुरले २ रन लिए । अन्तिम बलमा २ रन चाहिएको स्थितिमा मुम्बईका मालिङ्गाले शार्दुल ठाकुरलाई एलबिडब्लूको धरापमा पारेपछि खेल मुम्बईले जित्यो।


चेन्नईका ओपनर फाफ डु प्लेसिस र शेन वाटशनले पहिलो विकेटका लागि ४ ओभरमा ३३ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । क्रुनाल पान्ड्याले चौथो ओभरको अन्तिम बलमा फाफ डु प्लेसिसलाई क्विन्टन डी ककबाट २६ रनमा स्टम्पिङ आउट गराए । उनले १३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

 

मुम्बईले राम्रो सुरुवात गरेको थियो । पाँचौ ओभरको पाँचौ बलमा सार्दुल ठाकुरले क्विन्टन डि ककलाई विकेटकीपर महेन्द्रसिंह धोनीबाट क्याच आउट गराउँदा मुम्बईले ४५ रन जोडी सकेको थियो । डी ककले १७ बलमा ४ छक्का सहित २९ बटुले । लगतै छैटौं ओभरको दोस्रो बलमा कप्तान रोहित शर्मालाई दिपक चाहरले महेन्द्र सिंह धोनीबाट क्याच गराउँदै १५ रनमा पेभिलिएन फर्काएपछि चेन्नई खेलमा फर्किएको थियो ।

 

१२ औं ओभरको दोस्रो बलमा इमरान ताहिरले सुर्य कुमार यादवलाई १५ रनमा बोल्ड आउट गरे । १३ ओभरको तेस्रो बलमा ठाकुरले आफै क्याच लिदै कुनाल पान्ड्यालाई ७ रनमा पेभिलिएन फर्काए ।

 

मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य पछउने क्रममा चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ४८ रन पुरा गर्‍यो । बलिङतर्फ चेन्नईका लागि दीपक चहारले तीन विकेट लिए । त्यस्तै शर्दुल ठाकुर र इमरान थहिरले समान दुई-दुई विकेट लिए ।

 

मुम्बई इन्डियन्सको पछिल्ला ७ वर्षमा यो चौथो जित हो । यसअघि मुम्बई सन् २०१३, २०१५ र २०१७ मा पनि च्याम्पिनय बनेको थियो । यो जितबाट मुम्बई आइपिएलको सबैभन्दा सफल र उत्कृट टिम ठहरिएको छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार