• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

बन्ने भयो ‘१२ सत्ताइस’

काठमाडौं । तीन बेरोजगार युवाहरुको कथामाथि चलचित्र  ‘१२ सत्ताइस’ बन्ने भएको छ । ह्याप्पी प्लानेट फिल्मस् र कमेरो स्क्रिनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्रको शनिबार राजधानीमा आयोजित प्रेसमिटमा निर्माण घोषणा गरिएको हो ।

 

जोन योञ्जनको पटकथा र निर्देशन रहने फिल्ममा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्रान्त थापा, ए–वान राज उप्रेती, भीष्म जोशी र अस्मिता खनाल कलाकार छन् ।

 

दीपक आरजेको संगीत, कृष्ण भण्डारीको सम्पादन, अनिश स्याङ्देनको चलचित्रमा छायांकन हुनेछ भने रेनु राणा, दीपक खतिवडा र रुपक थापा  निर्माता हुन् । बैशाख ३१ गतेबाट चलचित्र फ्लोरमा जाने तयारीमा रहेको  पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार