• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
अर्थ

प्रदेश नं ५ सरकारको ११ खर्ब, ९८ अर्ब लगानी गर्ने लक्ष्य

नवलपरासी । प्रदेश नं ५ सरकारले आगामी पाँच वर्षे आवधिक योजना अन्तर्गत  कूल रु ११ खर्ब, ९८ अर्ब लगानी गर्ने लक्ष्य लिएको छ । आर्थिक वर्ष ०७६/७७ देखि आथिर्क वर्ष ०८०/८१ सम्मको अवधिमा प्रदेशभरी सो बराबरको आर्थिक लगानी गर्ने लक्ष्य लिइएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । 

 

प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले सो लगानी मध्ये करीब ६२ दशमलब ६ प्रतिशत अर्थात रु सात खर्ब, ५० अर्ब, २५ करोड लगानी निजी क्षेत्रबाट रहने लक्ष्य लिइएको जानकारी दिए । 

 

त्यसैगरी सो अवधिमा सार्वजनिक क्षेत्रबाट कूल रु तीन खर्ब ९५ अर्ब, ७५ करोड लगानी हुने लक्ष्य रहेको छ भने सङ्घीय सरकारबाट १४४ अर्ब, प्रदेश सरकारबाट १४८ अर्ब र स्थानीय तहको तर्फबाट १०२ अर्ब लगानी हुने लक्ष्य रहेको मन्त्री चौधरीले बताए ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार