• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

सलमान खानसँग जोडिएका यी दश नायिका

मुम्बई । बलिउड कलाकार सलमान खान यस्ता कलाकार हुन जो कुनै न कुनै कुराले चर्चामा रहिरहन्छन् । उनको रिस कत्तिको भयंकर छ यो कुरा बलिउड फिल्म उद्योगमा धेरैलाई थाहा नै छ । धेरै कलाकारहरुलाई कयौंपटक सलमानको रिसको सामना गर्नुपरेको छ । भनिन्छ, व्यक्ति भित्र पनि अर्को व्यक्ति हुन्छ भनेर र यस्तै व्यक्ति सलमान भित्र पनि छ । सलमान जत्ति नै रिसाह भए पनि उनको मन भने नरम छ । उनलाई जत्ति रिस उठ्छ त्यो भन्दा बढि उनी भावुक छन् । 

 

अभिनय मात्र नभएर उनमा अर्को राम्रो स्वभाव छ जसले उनलाई छुट्टै पहिचान दिन्छ र त्यो हो बच्चाहरु प्रतिको माया । उनी बच्चाहरुलाई कति माया गर्छन भन्ने कुरा सबैको माझ छर्लङग नै छ । यही मायाको कारणले गर्दा उनले सेरोगेसीको कोखलाई पिताको माया दिने विचार पनि गरेका छन् । एक अंग्रेजी खबरको मध्यमबाट यो कुरा बाहिरिएको छ भने उनी र उनको समूहबाट कुनै अधिकारिक जानकारी भने आएको छै । यदी यो सत्य भयो भने एउटा गज्जवको समाचार हुनेछ । 

 

यी सबै समाचारको माझ एउटा प्रश्न उठ्छ जुन सलमानसंग सधै जोडिएको छ, सलमानले विवाह कहिले गर्छन । उनी जहाँ भएपनि उनलाई यो प्रश्नले चारै तिरबाट घेर्छ र हरेक पटक कुनै न कुनै बहाना बनाएर उनी फुत्किन्छन् । यदी सलमानले विवाह नगरी पिता बन्ने सपना देखेका छन् भने उनले बिवाह गर्छन् भन्ने आश निकै कम छ । उनको जिन्दगीमा कति केटिहरु आए तर कुनै न कुनै कारणले गर्दा उनको सम्बन्ध तोडिन्थ्यो । हालसालै उनको युलिया वतुरसँग नाम जोडिएको छ र यो कत्तिको साँचो हो त्यो कसैले अनुमान लगाउन सकेको छैन । यो भन्दा पहिला को को संग उनको नाम जोडिएको थियो त्यो पनि हामीले जान्न जरुरी छ ।

 

उनीसँग जोडिएका यी नामहरु :

 

 

संगीता बिजलानी 

 

 

सलमानको पहिलो सम्बन्ध यी नायिकासँग जोडिएको थियो । उनको पहिलो प्रेम थियो । एक समय थियो जब सम्बन्ध गहिरिदै गयो र कुरा बिवाहसम्म पनि पुग्यो । तर कुनै कारणले गर्दा उनीहरुको सम्बन्ध धेरै टिक्न सकेन । उनीहरु अहिले पनि जब भेट्छन् असल मित्रको रुपमा मात्र भेट्छन् । 

 

सोमी अली 

 

 

कराँचीमा जन्मिएकी सोमीले सलमानलाई यति मन पाराउथिन् कि सानै उमेरमा उनी सलमानलाई भेट्न मुम्बई आएकी थिइन । सलमानसंगको सम्बन्धको कुरामा सोमीले भनिन् सलमान र उनी असल मित्र मात्रै हुन । तर एक समय थियो जब सोमी र सलमानसंगै घुमेको चर्चा भएको घुमेको चर्चा धेरै हुन्थ्यो ।

 

ऐश्वर्या राय बच्चन 

 

 

ऐश्वर्या रायको नाम सलमानसँग धेरै लामो समय जोडियो ।  दुवै संजय लिला भंसालीको फिल्म ‘हम दिल दे चुके सनम’ बाट नजिकिएका थिए तर पछि सलमानको क्रोधले उनीहरुको सम्बन्ध टाढियो । सलमानले भने ऐश्वर्यालाई जीवनसाथी बनाउने सोचेका थिए तर उृनको  चाहना पुरा हुन सकेन । अहिले ऐश्वर्या अभिषेक बच्चनसंग बिवाहित जीवनमा बधिएर बलिउडका सुपरस्टार अमिताभ बच्चन को बुहारी बनेकी छिन्  ।  

 

क्लाँडिया सिएस्ला

 

 

क्लाँडिया सिएस्ला एक मोडल हुन् । कुनैबेला उनी सलमान खान कि प्रेमिका थिइन् तर क्लाँडिया र सलमानको सम्बन्ध धेरै टिक्न सकेन ।

 

स्नेहा उलाल  

 

 

स्नेहा उलालले फिल्म ‘लकी’ बाट बलिउडमा डेब्यु गरेकी हुन । फिल्म त खासै चल्न सकेन तर सलमान र स्नेहाको प्रेम कथा भने राम्रै चल्यो । स्नेहाको अनुहार केही मात्रामा ऐश्वर्या रायसँग मिल्दोजुल्दो पनि देखिन्थ्यो । यसैले पनि सलमानले उनीसँग प्रेम गरेका हुन भन्ने हल्ला अहिले पनि ताजै छ । 

 

डेजी शाह

 

 

 

डेजी शाहलाई सलमानले आफ्नो फिल्ममा नै लन्च गरेका थिए । फिल्म ‘जय हो’ को सेटबाट उनीहरु नजिकिएका हुन र पछि दुवैको अफेयरको चर्चा पनि बाहिर आयो । बिस्तारै बिस्तारै यो चर्चा पनि मेटिदै गयो । 

 

जरिन खान

 

 

 

जरिन खानलाई बलिउडमा सलमानले नै लइाएका हुन । फिल्म ‘वीर’ बाट दुवैको सम्बन्ध नजिक हुदै गएको थियो र उनीहरुको डेट पनि जान्थे भन्ने हल्ला चलेको थियो । पछि एकाएक यी दुईको सम्बन्धमा कमी आउन थाल्यो र दुबै छुट्टिए । 

 

महक चहल

 

 

महक चहल ‘वान्टेड’ मा सलमान खानसंग देखिएकी थिइन् पछि सलमान र महक डेट गर्दै छन् भन्ने खबर बहिरिएको थियो ।  

 

कैटरिना कैफ 

 

 

फिल्म ‘मैने प्यार क्यो किया’ बाट उनीहरु नजिकीए र उनीहरु एक अर्कालाई डेट गर्न थाले । यी दुबैबिचको सबन्ध धेरै समय नटिक्नुको कारण सलमानको रिसलाई नै मानिएको छ । सलमान पछि कैटरीना रणबीर कपुरसँग प्रेममा परिन् । रणवीरसँग पनि उनको सम्बन्ध खासै टिक्न सकेन र पछि दुबैको सम्बन्ध टुट्यो । 

 

यूलिया वतूर

 

 

सलमान र यूलिया वतुरको सम्बन्धलाई लिएर धेरै समय देखि चर्चा हुदै आएको छ । उनलाई सलमान खानको प्रेमिका पनि भन्ने गरिएको छ । तर अहिले सम्म सलमान खानले उनीसंग पनि बिवाह गर्ने मन बनाएका छैन । अब हेर्न बाँकी छ सलमान खानले यो वर्ष बिवाहको मन बनाउँछन कि बनाउँदैनन् । साभार : दैनिक जागरण    

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार