• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

डार्क कमेडी चलचित्र  ‘कुम्भ करण’ को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘कुम्भ करण’ को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर  सार्वजनिक गरिएको हो । ट्रेलरमा डार्क कमेडीलाई  प्राथमितका दिएको देखिन्छ ।

 

ट्रेलरमा मुख्य कलाकार गौरव पहाडी, भोलाराज सापकोटा, अभय बराल, निशा अधिकारी लगायतका कलाकारलाई स्थान दिइएको छ । दिपक वलीको निर्देशन रहेको चलचित्रको प्रस्तुतकर्ता आकाश पल हुन् ।

 

दिपक ओलीको कथा रहेको चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले तयार पारेका हुन् । चलचित्रको अन्य कलाकारहरुमा प्रमोद अग्रहरी, आकाश पल, कुलदिप अधिकारी, कमल गाउले, प्रतिभा छेत्री लगायतको अभिनय रहेको छ । चलचित्र जेष्ठ १७ बाट प्रदर्शनमा आउँदैछ ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार