• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
देश/प्रदेश

वडा कार्यालय ९ मा अब नयाँ भवन

काठमाण्डौं । काठमाण्डौ महानगरपालिका वडा नं ९ को वडा कार्यालय भवनको  आज काठमाण्डौ महानगरपालिकाका मेयर (प्रमुख) विद्यासुन्दर शाक्यले शिलन्यास गरेका छन् ।

 

महानगरको कामलाइ छरितो र सरल बनाउन भवनको आवश्यक्ता भएकोले वडाको कार्यालयको पहलमा भवन निर्माणमा महानगरले सहयोग उपलब्ध गराएको भवन सिलान्यास गर्दै प्रमुख अतिथि शाक्यले बताए । भूकम्प पछि महानगरले भौतिक संरचना बनाउन र यसलाई बलियो बनाउने योजना अनुसार भवनहरु बन्ने र पुरत्वितक महत्व बोकेका संरचनाहरु समेत पुनःनिर्माण गन महानगर लागि परेको उनको भनाइ थियो । 

 

यता वडामा सांघुरो भवनले गर्दा त्यहाँका कर्मचारीहरुलाई असहज भएको देखिन्छ भने  वडामा कामका लागी सेवाग्राहीहरु आउँदा भर्याङमा नै बसेर सेवा लिन  बाध्य  छन् । 

 

एक वर्ष भित्र नयाँ भवनमा बसेर काम गर्ने अवसर पाउने गरि भवन निर्माणका लागि ठेक्का सुरु भएको वडा सदस्य सृजना भेटवालले जानकारी दिइन ।  

 

वडा अध्यक्ष रामकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको अवसरमा २ करोड ७६ लाख ९९ हजार १ सय २ रुपैयाँको लागतमा ११ कोठाको दुई तले भवन निर्माण गर्न लागिएको पनि जनाइयो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार