• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
फेशन

मिस नेपाललाई पुर्व मिस नेपालको बधाई

काठमाडौं । मिस नेपाल प्रतियोगिताको पछिल्लो संस्करणमा अनुष्का श्रेष्ठले मिस नेपाल २०१८ उपाधि पहिरिएसँगै उनलाई सामाजिक सञ्जालमा बधाईका चाङ ओइरिन थालेका छन्।

 

यसै सिलसिलामा उनलाई सन् २०१८ को उपाधि विजेता श्रृङ्खला खतिवडाले मिस नेपालको ताज पहिराइदिएकी थिइन् । श्रृङ्खलाले अनुष्कालाई अङ्गालो मार्दै बधाई दिएकी थिइन । त्यसपछि उनी मञ्चबाट हात हल्लाउदै बिदा भएकी थिइन्। उनले आफ्नो इन्स्टाग्राम मार्फत नयाँ मिस नेपाल लगायतका उपाधि विजेताहरूलाई बधाई दिएकी छन्।

 

उनले लेखेकी छन् , 'ठूलो सफलताका लागि बधाई। यो तपाईँहरूको जीवनको सबैभन्दा रमाइलो, रोमाञ्चक र सम्झनयोग्य वर्ष हुनेछ। मिस नेपाल एक वर्ष मात्रै हुन पाइन्छ त्यसैले सम्पूर्ण मन लगाएर आफ्नो उत्कृष्ट दिनुहोला।'

 

'पुरै देश तपाईँहरूको समर्थनमा छ । यात्रा भर्खरै सुरु भएको छ। जानुहोस्, अन्तर्राष्ट्रिय ताज जित्नुहोस्।' बिहीवार सम्पन्न अन्तिम प्रतिस्पर्धामा मिस नेपाल युनिभर्सको उपाधि प्रदिप्ता अधिकारी, मिस नेपाल अर्थको उपाधि रिया बस्नेत, मिस नेपाल इन्टरन्याशनलको उपाधि मीरा कक्षपति र मिस सुपरन्याशनलको उपाधि रोज लामाले पाएकी  छन्।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार