• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

प्रधानमन्त्री र कांग्रेस सांसदले बोलेका अमर्यादित शब्द रेकर्डबाट हटाउन निर्देशन

काठमाडौं । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा बोलेका संसदीय मर्यादाविपरीतका शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

 

शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकको शुरुमै सभामुख कृष्णबहादुर महराले यसअघिको बैठकमा प्रधानमन्त्री र सांसदहरुले प्रयोग गरेका संसदीय मर्यादा विपरितका शब्द हटाउन संसद सचिवालयलाई निर्देशन जारी गरेका छन् ।

 

सभामुखले निर्देशन जारी गरे लगत्तै नेकपाका सांसद खगराज अधिकारीले प्रधानमन्त्रीमात्र नभइ अन्य सदस्यहरुले व्यक्त गरेको गैर संसदीय शव्दहरु रेकर्डबाट हटाउन ध्यानाकर्षण गराएका थिए ।

 

त्यसपछि सभामुख महराले सांसदहरुको जिज्ञासाको क्रममा भन्ने शव्द प्रयोग गरिएको र यसले सबैलाई सम्बोधन गर्ने जवाफ दिए । वैशाख २४ को बैठकमा प्रधानमन्त्री ओलीले विपक्षीका आक्रोश, कुण्ठा र निम्छरा प्रश्न छाडेर अन्य प्रश्नको जवाफ दिन्छु भनेका थिए। कांग्रेसले निम्छारा शब्दमाथि आपत्ति जनउँदै त्यसलाई रेकर्डबाट हटाउन माग गर्दै आएको थियो। 

 

त्यस्तै कांग्रेस सांसद मिन विश्वकर्माले भ्रष्टाचार गर्दिनँ भन्ने प्रधानमन्त्रीले २५ अर्बभन्दा माथिको ठेक्कापट्टा आफैले लिएर  भ्रष्टचार प्रधानमन्त्री आफैंले गर्ने हो कि अरुलाई गर्न दिने हो भन्ने प्रश्न गरेका थिए। 

 

नीति तथा कार्यक्रममा नेपाली कांग्रेसका सांसदहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रश्न र जिज्ञासाका लागि धन्यवाद, आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिका वास्ता नगरेर प्रश्नहरुको उत्तर दिन्छुु भनेका थिए।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार