• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

मूल्य मान्यताको राजनीतिका लागि सम्पर्क समितिको अभियान 

काठमाडौं । नेपाली कांग्रेस झापा क्षेत्र नम्वर १ झापा काठमाडौं सम्पर्क समिति मूल्य मान्यताको पार्टी राजनीतिलाई संस्थागत गर्न जुटेको छ । कांग्रेस चिन्तक प्रदीप गिरी तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई साथमा लिएर शनिवार काठमाडौंमा कार्यक्रम गर्न लागेको समितिका सचिव पदम निरौलाले जानकारी दिए ।

 

कार्यक्रममा सामाजिक मूल्यमान्यता र संस्कारमा आधारित पार्टी राजनीतिलाई कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा वक्ताहरुले धारणा राख्ने समितिका अध्यक्ष प्रज्जवल कोइरालाले जानकारी दिए । 

 

पार्टीको जारी जागरण अभियान सँगै भएको यस्ता विमर्श कार्यक्रमले यूवाहरुमा लोकतान्त्रीक मूल्य मान्यता स्थापित गर्न र राजनीतिमा यूवा सहभागिता बढाउन फलदायी हुने आयोजकको अपेक्षा रहेको छ । समितिको कार्यक्रममा जनजागरण अभियानलाई पनि व्यानरमा राखिएको सचिव निरौला बताउछन् । उनी भन्छन्,'कांग्रेसको जनजागरण अभियानको सार नै हाम्रो कार्यक्रमसँग मिल्छ । मूल्य, संस्कार, आचारण सहितको राजनीतिले मात्र काँग्रेस कार्यकर्तामा जागरण ल्याउँछ भन्ने हाम्रो मान्यता हो । जुन हामीले विगत बर्षदेखि शुरु गरेका छौ ।'

 

'यो अभियान पूर्वबाट शुरु गरेका हौं, कार्यक्रममा समाज निर्माणका नवीन आयामहरु माथि बीचार बिमर्श गरिन्छ', समितिका अध्यक्ष कोइराला भन्छन् । कार्यक्रमा झापा जिल्लमा जन्मिएर बिभिन्न पेशा व्यवसायमा रही मुलुकलाई महत्वपूर्ण योगदान गर्ने अग्रज व्यतित्वहरुलाई सम्मान गरिने भएको छ ।

 

कार्यक्रममा गिरी र शर्मा मुख्य वक्ताको रुपमा रहेका छन् । यस्तै नेता ज्ञानेन्द्र वहादुर कार्की लगायत अन्य नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रम वैशाख २८ गते शनिवार ल क्याम्पसमा हुनेछ ।  
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार