• शनिबार १-८-२०८१/Saturday 04-20-2024
शिक्षा

क्याम्पसप्रमुखले राजीनामा दिएपछि त्रिभुवन क्याम्पस अलपत्र

नवलपरासी । पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रमा रहेको एक मात्र त्रिभुवन क्याम्पस बेलाटारी क्याम्पसप्रमुखले  राजीनामा दिएपछि  यतिबेला अलपत्र परेको छ । क्याम्पसमा लामो समयदेखि वैधानिक सञ्चालक समितिसमेत छैन ।

 

 चार महीनादेखि शिक्षकले पारिश्रमिक पाएका छैनन् भने आठ महीनादेखि विद्यार्थीको आन्दोलन जारी छ ।

 

यसैगरी शुल्क बढाएको विरोधमा अध्ययनरत विद्यार्थीहरुले आठ महीनादेखि विभिन्न चरणको आन्दोलन जारी राखेका छन् । 


क्याम्पसमा लामो समयसम्म प्रमुख नहुनु र व्यवस्थापन पक्ष पनि जिम्मेवार नबन्दा क्याम्पसमा अध्ययरत विद्यार्थीहरुको

भविष्यसमेत अन्योलामा परेको छ ।

 

क्याम्पसप्रमुख मुक्तिनाथ पाण्डेले क्याम्पसबाटै राजीनामा दिए पनि क्याम्पसमा लामो समयसम्म क्याम्पसप्रमुख नियुक्त हुन नसक्नु र अवधि सकिएको सञ्चालक समितिको वैधानिकता नहुँदा क्याम्पसको अवस्था  अन्योलमा छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार