• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
शिक्षा

बन्दीपुरका जनप्रतिनिधिको तलब जनता प्राथमिक विद्यालयलाई 

बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिका–१ को एक विद्यालयमा शिक्षक राख्न वडाध्यक्ष भानुभक्त पोखरेलले सहयोग गरेका छन । 

 

सोही वडाको उपल्लोफाँटमा रहेको जनता प्राथमिक विद्यालयमा एक शिक्षक राख्न वडाध्यक्ष पोखरेलले आफ्नो तलब मध्येबाट रु ७८ हजार सहयोग गर्ने भएका हुन ।
प्राथमिक विद्यालयमा निजी दरबन्दीमा शिक्षक राख्न विद्यालयलाई समस्या परेपछि आफूले केही सहयोग गरेको वडाध्यक्ष पोखरेलले जानकारी दिए ।

 

वडाध्यक्ष पोखरेलले विद्यालयलाई सहयोग गर्ने रु ७८ हजारमध्ये रु ५० हजार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु घिमिरे र प्रधानाध्यापक माधव पोखरेललाई बुधबार हस्तान्तरण गरेका छन ।

 

माध्यमिक विद्यालयमा सबैको चासो भएपनि प्राथमिक विद्यालयको शैक्षिक सुधारका लागि कम मात्रामा चासो हुने गरेकोले आफ्नो तलबवापतको रकम प्राथमिक विद्यालयको शैक्षिक सुधारका लागि खर्च गर्ने उद्देश्य राखेको गाउँपालिकाका प्रवक्तासमेत रहेको पोखेरेलले बताए ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार