• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
राजनीति

प्रधानमन्त्री भियतनाम भ्रमणमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि जाँदैछन् । उनी अहिले बिहान ११ बजे त्यसतर्फ जाने भएका हुन् । ३० गतेसम्म भियतनाम र वैशाख ३०–जेठ १ गतेसम्म कम्बोडियामा हुने सो औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यसहितको टोली रहनेछ ।

 

ओली दुई तिहाइको बहुमतसहितको सरकारको प्रधानमन्त्री बनेलगत्तै भारत भ्रमणमा गएका थिए। त्यस लगत्तै उनी उत्तरी छिमेकी चीन, संयुक्त राष्ट्रसंघ र  डाभोस फोरममा भाग लिन स्वीट्जरल्यान्ड गएका थिए। 

 

प्रधानमन्त्री ओली नेपाल वायुसेवा निगमको न्यारोबडी विमान एयरबस ३२० बाट बैशाख २६ भियतनाम प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा ३५ जना रहने छने । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि सो भ्रमणमा जाने छन् । भियतनामबाट कम्बोडिया जाने कार्यक्रम छ । १ जेठमा प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम छ ।

 

प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा रजान भट्टराईले यो भ्रमण दुवै देशबिच द्विपक्षीय सम्भावनाको खोजीमा केन्द्रित हुने बताएका छ । प्रधानमन्त्री ओलीले २९ बैशाखमा भितयनाममा मनाइने बैशाख दिवसको अवसरमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा मुख्य वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम छ । त्यसैगरी कम्बोडियाका प्रधानमन्त्रीको निमन्त्रणामा ओली प्रस्थान गर्न लागेका हुन् । १९७५ मा नेपाल र कम्बोडियाबीच दौत्य सम्बन्ध स्थापना भएको हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार