इतिहासकै सबैभन्दा कमजोर सभामुख : कांग्रेस सभापति देउवा
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरा इतिहासकै सबैभन्दा कमजोर सभामुख भएको आरोप लगाएका छन ।
देउवाले सभामुख महरा डरपोक र काँतर भइ प्रधानमन्त्रीले बोलेको गैरसंसदीय भाषा हटाउन नसकेर निरिह बनेको भन्दै आक्रोश व्यक्त गरेका छन । उनले सरकारले एक पछि अर्को गर्दै हरेक क्षेत्रमा हस्तक्षेप गरेको भन्दै प्रधान्मन्त्रीलाई सम्यम हुन आग्रह गरेका छन ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले कांग्रेसको जागरण अभियानले पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउन सहयोग पुग्ने बताएका छन ।
प्रतिकृया दिनुहोस