• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
रंगमञ्च

को मधेशी को पहाडे ? आहाँ त हमर मिता... 

काठमाडौं । राजनीतिक वृतमा भनिने गरेजस्तै मधेशी र पहाडे समुदायबिच विभेद छ त ? के साँच्चै अझै पनि दुई समुदाय बिच पानी बराबारको आवस्था नै छ ?

 

काठमाडौंको अनामनगरस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको ‘मिता आब कोना चलब’ नाटकले मधेशी र पहाडी समुदायबिचको सम्बन्धको वास्तविकता देखाउँछ । स्वार्थ पुर्तिका लागि दुई समुदायबिचको भावनात्मक सम्बन्धमा दरार ल्याउन हुने घुसपैठलाई रामभजन कामतद्धार लिखित तथा निर्देशित नाटकले प्रष्ट्याउँछ । उनी भन्छन्, 'मैले मेरै समाजलाई हेरेर, बुझेर लेखेको नाटक हो यो,कसैले व्यक्तिगत वा समुहगत स्वार्थका कारण मधेशी र पहाडेबिच फुट ल्याउन खोज्दा साँच्चैको विभेद छ जस्तो देखिन्छ ।

 

आफुले त्यो विभेद भोग्नु नपरेकाले वास्तविकता मञ्चमा आउनुपर्छ भन्ने ठानेर नाटक तयार पारेँ ।' मधेश आन्दोलनको पृष्ठभुमिमा तयार मिता आब कोना चलब नेपाली र मैथिल दुवै भाषामा छ । हामी सांस्कृति रुपले धनि छौँ र त्यसैले मधेशी पहाडी सबैलाई जोडेर नेपाली भन्न सक्ने अवस्था छ, निर्देशक कामत थप्छन, सांस्कृतिक विविधतालाई समेत नाटकमा समेटेको छु ।

 

विभिन्न भाषा, जात, धर्मको भावनात्मक सम्बन्धले नै राष्ट्रिय एकताको भाव अझ दरिलो बन्छ भन्ने प्रष्ट्याउन नाटक तयार पारेको उनको दाबी छ । नाटकमा निर्देशक कामतसहित मिलन नेपाली, विकास पराजुली, भरत कार्की, राजेश ठाकुर सञ्जय गुप्ता, आदित्य मिश्रा लगायतले अभिनय गरेका छन । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार