• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
प्रविधी

शाओमीद्वारा नेपालमा ३२ एमपी सेल्फी क्यामेरा भएको रेडमी वाई ३ सार्वजनिक

काठमाडौं । शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले ३२ एमपी सेल्फी क्यामेरा भएको रेडमी वाई ३ नेपालमा सार्वजनिक गरेको छ । शाओमीले पहिलो पटक रेडमी वाई सिरिजमा क्रियो आर्किटेक्चर ल्याएको हो ।

 

सार्वजनिक समारोहमा बाल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “हामी हाम्रो ग्राहकहरुमाझ सबैभन्दा नयाँ रेडमी वाई ३ ल्याउन पाउँदा निकै उत्साहित छौँ ।

 

यो ३२ एमपी सुपर सेल्फी क्यामेरासँगै हाम्रा एमआई ग्राहकहरुले सेल्फीको अनुभव पुनःपरिभाषित गर्न सक्नेछन् । आश्चर्यजनक औरा प्रिज्म डिजाइनसँगै रेडमी वाई ३ ले अघिल्लो पुनरावृत्तिबाट महत्वपूर्ण फड्को मारेको छ । क्वाल्कम स्न्यापड्रेगन ६३२ बाट संचालित तथा उच्च क्षमता भएको ४००० एमएएच ब्याट्रीसँगै यस स्मार्टफोनले नेपाली ग्राहकहरुलाई सुलभ मूल्यमा सबैभन्दा उत्कृष्ट नवीनतम प्रविधि ल्याएको छ ।

 

रेडमी नोट ७ सिरिजको उद्घाटनका साथ औरा डिजाइनले रेडमी वाई ३ लाई औरा प्रिज्मसँगै बनाउन नयाँ आकार दिएको छ । रेडमी वाई ३ को पछिल्लो भागमा प्रिज्मजस्तै माइक्रो लाइन छ र यसको आकर्षक रंगले पक्कै बजारमा तहल्का मच्चाउने विश्वास कम्पनीको छ । फोनको अघिल्लो भागमा कर्निङ गोरिला ग्लास ५ रहेको छ र मजबुत कर्नर तथा पीटुआई न्यानो कोटिङले यस उपकरणलाई स्प्लेशस्हरुबाट जोगाउन मद्दत गर्दछ ।


रेडमी वाई ३–३२ एमपी सुपर सेल्फी

अघिल्लो रेडमी वाई सिरिजफोनले बनाएको विरासतलाई महत्वपूर्ण फड्को मार्दै, रेडमी वाई ३ ले ३२ एमपी सेल्फी क्यामेरा भित्र्याएको छ जसले आजका कन्टेन्ट क्रेटरहरुका लागि योग्य भएको ठहर गर्दै राम्रो स्थान बनाएको छ । तीव्र हाई रिजोलुसन सेल्फीदेखि ईआईएससँग फूल–एचडी भिडियोका लागि ३२ एमपीक्यामेरा विभिन्न ट्रिकको मास्टर हो ।

 

१.६ माइक्रो मिटरसुपर पिक्सेल साइजसँगै रेडमी वाई ३ बाट हल्का प्रभावकारीदेखि जीवन उपयोगी छवि सृजना गर्ने सेल्फी र भिडियोहरु लिन सकिन्छ । सहज स्क्रीन फ्ल्यासको माध्यमबाट कम प्रकासमा पनि सेल्फी लिन सकिन्छ जुन स्वचालित रुपमा सक्षम गर्न वाफोर्स इनेबल गर्न सकिन्छ ।

 

रेडमी वाई ३,३२ एमपी सेल्फीक्यामेरा पाल्म सटर मोडमा उपलब्ध छ जसले प्रयोगकर्तालाई सामान्य रुपमापाल्मको इशारामा ३ सेकेण्ड टाइमर ट्रिगर गर्न सक्छन् ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार