• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

झापा र मोरङमा माछापुच्छ्रे बैंकको शाखा रहित बैंकिङ सेवा

काठमाण्डौ ।माछापुच्छ्रे बैंक लिमिटेडले प्रदेश १ को झापा र मोरङमा १४ शाखारहित बैंकिङ्ग सेवा  संचालनमा ल्याएको छ । 


बैकिङ्ग पहुँचदेखि टाढा रहेका गाँउ बस्तीमा बैंकले आफ्ना शाखा रहित बैंकिङ्ग सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पुर्याइरहेको छ । 

 

नेपालमै पहिलो पटक तुरुन्त खाता खोल्ने व्यवस्था र चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउने माछापुच्छ्रे बैंकले जनाएको छ ।

 

यी सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ९७ शाखारहित बैंकिङ्ग सेवा सुचारु गरीसकेको  छ ।

 

 देशभी माछापुच्छ्रे बैंकका १०० वटा शाखा, ९७ शाखा रहित बैकिङ्ग र  १२१ वटा एटिएमहरु रहेका छन।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार