• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
स्वास्थ्य

अज्ञात रोगले स्थानीय धमाधम बिरामी

खलङ्गा । जुम्लामा अज्ञात रोगका कारण तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीय धमाधम बिरामी पर्न थालेका छन् ।

 

पहिचान नभएको रोगबाट सिङ्गो गाउँनै प्रभावित भएको जनता सेवक आधारभूत विद्यालय काटिया सर्मीका शिक्षक हेमराज कुँवरले जानकारी दिए ।

 

प्रत्येक घरमा बिरामी खाली नभएको उनले बताए । रोग पहिचान नभए पनि प्रत्येक बिरामीलाई शुरुमा ज्वरो आउने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिएको उनले बताए ।

शिक्षक कुँवरका अनुसार विद्यार्थी शिक्षकसमेत बिरामी परेपछि पठनपाठनसमेत प्रभावित भएको छ ।

 

सबै उमेर समूहका व्यक्तिलाई अज्ञात रोगले सताएको स्थानीय सूर्य बुढाले बताए । स्वास्थ्य संस्था भने बेखबर भएको स्थानीयले गुनासो गरेका छन् ।

 

रोगले विस्तारै तातोपानी–७ का सर्मी, सुर्की, ताम्ती र बारागाउँमा समेत असर पारेको वडा नम्बर ७ का वडाध्यक्ष मकरबहादुर रावतले बताए । अब छिट्टै स्वास्थ्यचौकीसँग समन्वय गरेर उपचार अघि बढाइने उनले बताए ।

जनता सेवक आधारभूत काटिया सर्मीका विद्यार्थीको स्वास्थ्य अवस्था बुझेर उपचार गरिने लामाबगर स्वास्थ्यचौकीका इञ्चार्ज भूपेन्द्र पाण्डेले बताए ।रासस

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार