• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
डबली

कविता : सत्य 

राजेन्द्र शलभ

अँध्यारोसँग 
आजित भएर
म सुर्यको कारखानामा 
काम गर्न थाले

 

धेरै समय बित्यो
तैपनि 
जीवनमा 
उज्यालो छरिएन

 

धेरै पछि 
बल्ल पो थाहा पाएँ
सुर्य आफैं
अँध्यारोको अफिसमा 
जागिर खाँदो रहेछ ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार