• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
रंगमञ्च

वैशाख २१ बाट शिल्पीमा 'आँधिको मनोरम नृत्य'

काठमाडौं । किशोर किशोरीहरुको वर्तमान समयको थोरै अंश मात्र हो नाटक 'आँधिको मनोरम नृत्य' ।

 

किशोर अवस्थाका केटाकेटीहरु (१३ देखि १९ वर्ष) जसलाई समाजबाट परिवारबाट र स्कुलबाट भोग्नु परेको समस्या एकातिर छ । तर उनीहरुको चाहना एकातिर छ । उनीहरुलाई परिवारले  बाहिरी कुरा कम र भित्री कुरा धेरै गराउँछन् । उनीहरुले चाहेको कुरालाई कसले बुझ्ने । यही कथाको सेरोफेरोमा घुमेको छ नाटक 'आँधिको मनोरम नृत्य' ।

 

घिमीरे युवराज र अमजद प्रवेजको परिकल्पना र निर्देशन रहेको नाटकका नाटककार घिमीरे युवाराज स्वंय हुन भने अवतार पाठकले नाटकमा निर्देशन सहयोगीका काम गरेका छन् ।  । 

 

सौभाग्य सिंह, सविन कट्टेल, मञ्जु श्रेष्ठ, पवित्रा खड्का, झकेन्द्र बि.सि., ज्याक बराल, निस्सिम श्रेष्ठ, दिवेन कार्की, विमल सम्बाहम्फे, मोहन महत, रविन परियार, संगिता उराँव, गोविन्द ओली, सञ्जु कार्की, विवेक चौलागाई, प्रकाश खनाल, शान्ताराम पासी, प्रेम खतिवडा, हिमाल भुजेल, सुरेश सार्कीको नाटकमा अभिनय रहेको छ ।

 

नाटकमा प्रत्यक्ष संगीत स्मारिका फुयाल, निमन चित्रकार, रविन परियार र सन्तोष कपालीको रहेको छ । नाटक यही वैशाख २१ देखि जेठ ५ सम्म बतिपुतली स्थीत शिल्पी थिएटरमा मञ्चन हुँदैछ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार