• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
प्रविधी

विभेद अन्त्य गरिनुपर्छ : मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले महिलामा हुने विभेदलाई व्यावहारिक रुपमा अन्त्य गरिनुपर्नेमा जोड दिए ।

 

इन्टरनेश्नल गल्र्स इन आइसिटी डे’ का अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणद्वारा  आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानूनीरुपमा महिलामा विभेद नभए पनि यसले व्यावहारिक रुप लिन नसकेकाले सरकार र सरोकारवाला पक्षले  पहल गर्नुपर्नेमा जोड दिए ।

 

कार्यक्रममा  प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सरकारले अघि सारेको ‘डिजिटल नेपाल’को अभियानलाई साकार बनाउन सबै क्षेत्रबाट सहयोगको अपेक्षा रहेको बताएका छन ।


सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले कानूनीरुपमा महिलामा शिक्षा, स्वास्थ्य, नागरिकता र सम्पत्तिको अधिकार सुनिश्चित भएको छ तर व्यावहारिक रुपमा पछाडि पारिएकाले सबै मिलेर त्यसको समाधान गर्न लाग्नु पर्ने बताए ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार