• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
रंगमञ्च

पाँच दिने नाटक लेखन कार्यशाला सम्पन्न 

काठमाडौं । वैशाख ३ गतेदेखि ७ गतेसम्म आयोजित पाँच दिने नाटक लेखन कार्यशाला सम्पन्न भएको छ ।

 

सङ्गीत–नाट्य प्रज्ञा–प्रतिष्ठान सदस्य निशा शर्माको संयोजनमा भएको कार्यशालामा देशका विभिन्न स्थानबाट २३ जना प्रशिक्षार्थी सहभागी भएका थिए ।

 

रंगकर्मी अशेष मल्लको सहजीकरणमा शुरु भएको कार्यशालामा डा. ध्रुवचन्द्र गौतम, प्रचण्ड मल्ल, नयनराज पाण्डे र खगेन्द्र लामिछाने लगायतका नाट्यकर्मीहरूले प्रशिक्षार्थी सहभागीलाई नाटक लेखन सम्बन्धी प्रशिक्षण दिएका थिए ।

 

समारोहमा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा र सदस्य सचिव श्याम तमोटले नाटक लेखन कार्यशालाका सहभागी प्रशिक्षार्थीहरूलाई  प्रमाणपत्र प्रदान गरेका थिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार