• मंगलबार १-११-२०८१/Tuesday 04-23-2024
फेशन

एसईई दिएर बसेका विद्यार्थीहरुलाई निशुल्क काउन्सिलिङ र तालिम

काठमाडौं । मध्यबानेश्वरमा रहेको ‘द होराईजन मल्टिमिडीया’ तथा टाईरोसिटि डट कमले एसईई दिएरर बसेका विद्यार्थीहरुलाई निशुल्क काउन्सिलिङ तथा तालिम दिने भएको छ । 


राजधानीको विजुलीबजार स्थित किंग्स कलेजमा यहि २०७६ बैशाख १४ गते बाट ‘पाथ आफ्टर एसईई’ नाम दिइएको उक्त कार्यक्रम शुरु गर्न लागिएको आयोजकले जनाएको छ ।


प्रत्येक शनिवार मध्यान्न १२ बजेदेखि ३ बजेसम्म संचालन हुने उक्त कार्यक्रममा पहिलो शनिवार अर्थात १४ बैशाखमा विद्यार्थीहरुलाई काउन्सिलिङ गर्नका लागि पूर्व मिस नेपाल माल्भिका सुब्बा, संञ्चारकर्मी राधाकृष्ठ धिताल तथा सन २०१७ बिबिए तर्फकि त्रिवी टपर एल्सा खरेलले सहजिकरण गर्ने छन ।


कार्यक्रममा सहभागी हुन अनिवार्य रुपमा अनलाईन रजिष्ट्रेसन फर्म भनुपर्ने तथा फर्म भरेपछि आधिकारिक रुपमा सुचिकृत गरि आयोजकले सहभागीहरुलाई सुचना दिने जनाएको छ ।


एसईई दिएर बसेका विद्यार्थीहरुलाई आफुले रुचाएको क्षेत्रगत ज्ञान तथा त्यहाँ सम्म कसरि पुग्न सकिन्छ भन्ने अन्योल हटाई आगामी बाटो सुनिश्चित गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक द होराईजन मल्टिमिडीयाले जनाएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार