• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

वर्तमान सरकार इतिहासकै भ्रष्ट : कांग्रेस सभापति देउवा 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई मुक्ति दिने गरी आन्दोलनको तयारीमा लाग्न नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन्  ।

 

नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवस कार्यक्रमलाई शुक्रबार काठमाडौंमा उद्घाटन गर्दैै उनले केपी ओली नेतृत्वको वर्तमान सरकारले राम्रो काम गर्न नसकेको बताए । उनले मनपरी ढंगबाट सञ्चालित सरकारलाई नेपाली कांग्रेसले लगाम लगाउने उद्घोष पनि गरे ।

 

कानुनविपरित मनपरि चल्ने छुट सरकारलाई नभएको भन्दै उनले जनताको कर खाएर जनताको काम नगर्ने सरकारका विरुद्ध कांग्रेसले जागरण अभियान सञ्चालन गरेको बताए । उनले वर्तमान सरकार इतिहासकै भ्रष्ट भएको भन्दै भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलनमा होमिन नेपाल विद्यार्थी संघलाई निर्देशन दिए ।

 

यस्तै कार्यक्रममा कांग्रेस महामन्त्री डा .शंशाक कोइरालाले कम्युनिष्ट सरकारले देशलाई खोक्रो बनाएको आरोप लगाए । उनले अधिनायकवादतर्फ उन्मुख सरकारलाई नेपाली कांग्रेस एक जुट भएर परास्त गर्नुको विकल्प नभएको बताए ।

 

कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महत, नेविसंघका संस्थापक अध्यक्ष विपीन कोइराला लगायत नेविसंघका पूर्वअध्यक्षहरुले नेपाल विद्यार्थी संघले राजनीतिक परिवर्तनमा खेलेको भूमिकाबारे कार्यक्रममा बोलेका थिए ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार