• बुधबार १-५-२०८१/Wednesday 04-17-2024
मनोरञ्जन

मलाई मन परेका पाँच चलचित्र

चिनो : यस चलत्रिचको के कुरा मन पर्यो भन्नु भन्दा पनि यसको समग्र कुरा नै राम्रो थियो । कथा देखि लिएर कलाकारहरुको अभिनय, गीत संगीत सबै कुरा राम्रो थियो । अहिलेको जस्तो फेरी त्यो समय नेपाली चलचित्र त्यति प्रदर्शन पनि त हुदैन्थे । चिनोमा शिव श्रेष्ठको अभिनय, सुनिल थापाले गर्नु भएको भिलेनको भुमिका र सुभद्रा अधिकारीले गर्नुभएको आमाको भुमिका मलाई एकदमै मन परेको थियो । अन्य कलाकारहरुको अभिनय पनि राम्रो थियो । नेपालमा चलचित्र चिनोको जस्तो कथा बन्न गाह्रो नै होला कि भन्नु पर्छ । 

 

बलिदान : एउटा देशभक्ती चलचित्र । हरिवंश आर्चाय दाईको जति तारिफ गरेपनि म थाकदिन । तुलसी घिमीरेको निर्देशनमा बनेको यो चलचित्रले पमि हाम्रो मनमा सधै एक किसिमको छाप छोडेको छ । त्यो समयको यो फरकधारको चलचित्र थियो । प्रजातन्त्र र क्रान्तिको कथामा आधारित यस चलचित्र अहिले हेर्दा पनि हेर्न मन लाग्छ । लोकप्रिय महजोडीका साथमा अन्य कलाकारको अभिनय रहेको चलचित्र दर्शकले अत्यन्त रुचाएका थिए । 

 

दपर्ण छायाँ : त्रिकोणात्मक प्रेम कथामा आधारित यो चलचित्र युवा माझ निकै चर्चित बन्यो । खास गरेर यसको गीतसंगीतले सबैलाई मोहित बनाएको थियो । चलचित्रको कथाले धेरैको आँखामा आँशु नै निकाले थियो । यसको मलाई मन परेको भने कथा नै हो ।  दुई घनिष्ठ मित्र एक युवतीको प्रेममा परेको कुरालाई एकदमै  मार्मिक ढंगले प्रस्तुत गरिएको छ  । चलचित्रमा दिलीप रायमाझी, निरुता सिंह तथा उत्तम प्रधान गरेको अभिनयको तारिफ जति गरे पनि कम हुन्छ । 

 

बुलबुल : मलाई यो एउटा भिन्न किसिमको चलचित्र लाग्यो । मैले सोचेको पनि थिइन, एउटा टेम्पो चालकको दैनिकीलाई यस्तो गहन तरिकाले चलचित्रको कथामा उतारिन्छ । निर्देशक बिमल पौडेलको निर्देशकिय पक्षलाई मान्नै पर्छ । प्राय ग्ल्यामर गर्लको भुमिकामा देखिने स्वस्तिमा खड्कालाई टेम्पो चालकको भुमिका एकदमै सुहाएको छ । यसपछि चलचित्रको अर्को राम्रो पक्ष भनेको मुकुन भुषाल (चोपेन्द्र) को हो । नयाँ अनुहारले यस्तो व्यापक अभिनय गर्ला भनेर कसैले सोच्दैन । म उनको अभिनयको फ्यान नै भए ।  

 

छक्कापञ्जा : यसमा मैले पनि अभिनय गरेको छु तर मैले अभिनय गरेपनि यस चलचित्रको कथा राम्रो छ । बैदेशिक रोजगारीको कथालाई एउटा सरल ढंगबाट प्रस्तुत गरिएको छ । चलचित्रको संवाद नै यसको गहना हो र यसको वास्तविक घटना र हास्यप्रधान संवादहरुले चलचित्र हेरुन्जेल रमाइलो बनेको छ ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार