• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

आशिफ र रेश्माको 'हेरन कान्छी' सार्वजनिक (भिडियो सहित)

काठमाडौं । गायिका मेलिना राई र राज खम्बुको आवाज रहेको गीत 'हेरन कान्छी' रिलिज भएको छ । दिपक शर्माको संगीत रहेको गीतलाई दिनेश सुबेदिले लेखेका हुन् । 'इन्स्टाको फोटो' गीतबाट दर्शकले औधी रुचाएका आशिफ शाह र रेश्मा घिमिरेलाई गीतमा फिचर गरिएको छ ।

 

गीतको भिडियोलाई राजिव समर र शिशिर खातीले कोरियोग्राफी गरेका हुन् भने गीतलाई शान थापाले निर्देशन गरेका हुन् । जि द्दज्ञ डिजिटलले प्रस्तुत गरेको गीतको निर्माता अंशु राई हुन् । कमेडी र रोमान्सलाई मिसाएर बनाइएको गीतको भिडियोले दुइ प्रेमीले जवानीको लहर, प्रेम र बाचा कसमलाई देखाएको छ ।

 

जवानीमा चिटिक्क पर्ने र आफुले मन पराएको मान्छेको नजिक जाने रहरलाई साङ्गीतिक रुप दिइएको छ । गीतलाई जि 21 डिजिटलको अफिसियल यु-ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार