• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
राजनीति

प्रदेश ३ को दुई विधेयक सर्वसम्मत

हेटौँडा ।  प्रदेश नं ३ प्रदेशसभाको आज बसेको बैठकले दुई विधेयक सर्वसम्मतिबाट पारित गरेको छ । प्रदेशसभाका पदाधिकारी एवं सदस्यको पारिश्रमिक एवं सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ लाई थप संशोधन सहित २०७६ तथा प्रदेशमा सहकारीको व्यवस्था गर्न बनेको विधेयक २०७६ लाई प्रदेश सभाले पारित गरेको हो ।
 

आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभाका पदाधिकारीको पारिश्रमिक र सुविधा सम्बन्धमा संशोधन गर्न प्रदेश मामिला समितिबाट पारित भई आएको प्रतिवेदन तथा कृषि, भूमि व्यवस्था र सहकारीमन्त्री दावादोर्जे लामाले प्रदेशमा सहकारीको व्यवस्था गर्न बनेको विधेयकलाई कृषि, स्वास्थ र शिक्षा समितिबाट पारित भई आएको प्रतिवेदनलाई क्रमशः पारित गरियोस् भनी बैठकमा प्रस्ताव राखेका थिए । 

 

प्रदेशसभा सदस्यहरुले प्रदेशमा सुशासन, भ्रष्टाचार उन्मूलन र जनतालाई आर्थिक समृद्धि गर्ने तर्फ पारदर्शी तथा निश्पक्ष ढङ्गबाट बजेट, योजना तर्जुमा गर्नुपर्ने एवं अनियमित कार्य गर्ने समूह वा व्यक्तिलाई कानूनको दायरामा ल्याई  कारवाही गर्न माग गरे ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार