• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

जागरण अभियानलाई सफल पार्न तरुण दलको परिपत्र

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले केन्द्रदेखि गाउँसम्म भएका भ्रष्टाचार विरूद्ध जागरण अभियान चलाउने भएको छ।

 

तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले बिहीबार  हस्ताक्षरित परिपत्रमा  पार्टीले वैशाख ११ गतेदेखि सुरू गर्ने राष्ट्रिय जनजागरण अभियानमा अग्रपंतिमा रहेर खट्न तरुण दललाई निर्देशन दिएका छन् । तीन चरणमा सञ्चालन गरिने कांग्रेसको जागरण अभियानमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गुमेको शाख फर्काउने उद्देश्यका साथ लाग्न उनले अनुरोध गरेका छन ।

 

लोकतन्त्र दिवसको अवसर पारेर ७७ जिल्लामै सुरू हुने जनजागरण अभियान वैशाख ११ गतेबाट ‘हिमाल, पहाड, तपाई–मधेस नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान’ सञ्चालन हुने भएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार